काशी तिवारी पुलको अनुगमन

प्रस, परवानीपुर, २७ भदौ/
    प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले वीरगंज–२१ लिपनीबिर्तामा रहेको काशी तिवारी पुल निर्माणको काम सम्पन्न गर्नको लागि भौतिक पूर्वाधार कार्यालय, वीरगंजका प्राविधिकलाई निर्देशन दिएका छन्।
    शुक्रवार स्थानीयको गुनासोमा मन्त्री सोनल पुलको निरीक्ष्Fण गर्न गएको र उनले प्राविधिकहरूलाई लगत स्टिमेट बनाएर पुल निर्माणको बाँकी काम सम्पन्न गर्न निर्देशन दिएका थिए।
    २०७१ सालमा शुरू भएको काशी तिवारी पुल २०७३ सालमा सम्पन्न भएपनि पुलको दुवैतर्फको सडक निर्माण कार्य सम्पन्न हुन नसक्दा सञ्चालनमा आएको थिएन। मन्त्री सोनलले प्राविधिकलाई लगत स्टिमेट तयार गरी बाँकी काम सम्पन्न गर्न निर्देशन दिएका हुन्।  
    पुलको पचासी प्रतिशत काम सम्पन्न भएको र पन्ध्र प्रतिशत काम बाँकी छ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्