पुजारी हत्यामा लेनदेनको विषय निराधार –परिवारजन
प्रस, गरुडा, २१ भदौ/ रौतहटको माधवनारायण नपा–२ खेसरहियामा भदौको पहिलो हप्तामा भएको हनुमान मन्दिरका पुजारी श्रीराम साहको हत्याको कारण लेनदेनसम्बन्धी विवाद रहेको विषयलाई परिवारजनले अस्वीकार गरेका छन्। पुजारी हत्याकाण्डको अनुसन्धानको क्रममा गत हप्ता प्रहरीले दुईजनालाई पक्राउ गरिसकेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानमा पक्राउ परेकामध्ये रामनरेश पटेलसित पुजारीको लेनदेन विवाद रहेको सार्वजनिक भएपछि पुजारीका आफन्तहरूले खण्डन गरेका […]
सन्दीपले विकेट लिएको खेलमा जमैका पराजित
काठमाडौं, २१ भदौ/रासससन्दीप लामिछाने विकेट लिन सफल भएपनि क्यारेबियन प्रिमियर लिग (सिपिएल) अन्तर्गत उनी आबद्ध जमैका तालवाज भने आफ्नो नवौं खेलमा पराजित भएको छ। ट्रिनिडाडस्थित ब्रायन लारा रङ्गशालामा शनिवार राति भएको खेलमा जमैका, बार्बाडोस ट्रिनिडाडसित सात विकेटले हारेको हो।टस जितेर जमैकाले ब्याटिङ रोजेको थियो। निर्धारित २० ओभरको खेलमा जमैकाले चार विकेटको क्षतिमा १६१ रन बनायो। […]
हरपुरको आइसोलेशनबाट १५ जनाको बिदाइ
प्रस, पर्सागढी, २१ भदौ/ पर्सागढी नगरपालिका–८ स्थित नेरा आधारभूत विद्यालय हरपुरको आइसोलेशनबाट आइतवार १५ जना सङ्क्रमित निको भएर घर फर्केका छन्। आइसोलेशनमा रहेका १५ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएपछि उनीहरूलाई बिदाइ गरिएको वडाध्यक्ष किसुनदेवप्रसाद यादवले बताए। उनले आइसोलेशनमा खट्ने स्वास्थ्यकर्मी अजयकुमार महासेठ, मोतीलाल राम, रिङ्कीकुमारी साहलाई धन्यवादसमेत दिए। निको भएका १५ जना सङ्क्रमितहरूलाई स्वास्थ्यकर्मी महासेठले […]
बज्जिकाको ४०औं साहित्य गोष्ठी सम्पन्न
प्रस, गरुडा, २१ भदौ/ बज्जिका साहित्य सङ्गम रौतहटको चालीसौं साहित्य गोष्ठी सम्पन्न भएको छ। सङ्गमका अध्यक्ष श्याम सहनी चन्द्रांशुको अध्यक्षतामा गरुडा नपा–५ महम्मदपुरस्थित आँप–बगैंचामा सम्पन्न गोष्ठीमा सहभागी हरेक सर्जक पर्याप्त सामाजिक दूरी राखी भुइँमा बोरा ओछ्याएर बसेका थिए। कोठामा कार्यक्रम गर्दा कोरोना सङ्क्रमण हुने त्रासले खुला आँप–बगैंचामा गरिएको संस्थाका कोषाध्यक्ष किशुनदयाल यादव श्रीकृष्णले बताएका छन्। […]
५१० नमूना परीक्षणमा २६ सङ्क्रमित भेटिए
प्रस, वीरगंज, २१ भदौ/ नारायणी अस्पताल पिसिआर प्रयोगशालामा शनिवार भएको ५१० स्वाब नमूना परीक्षणमा ५ महिलासहित २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। जसमा पर्साका २४ र बाराका २ जना छन्। अबेर राति सार्वजनिक भएको नतीजा अनुसार १६ देखि ६४ वर्ष उमेर समूहका २६ जनामध्ये २४ सिटी भ्यालुभन्दा माथि ३ जना र सोभन्दा मुनि २३ […]
आँखा रोगसम्बन्धी भर्चुअल गोष्ठी
प्रस, वीरगंज, २१ भदौ/ रोटरी क्लब अफ वीरगंज मेट्रोपोलिसका अध्यक्ष विनीत लोहियाको अध्यक्षतामा क्लबका सदस्यहरूको भर्चुअल सहभागितामा आँखा रोगसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। वीरगंजका ख्यातिप्राप्त आँखाका चिकित्सक डा चन्दन बनर्जीले गोष्ठीमा प्रशिक्षण दिएका थिए। शुक्रवार बेलुका सम्पन्न कार्यक्रममा रोटरी परिवारसँग आबद्ध विभिन्न क्लबका करीब ६७ जनाको सहभागिता थियो। रोटरी क्लब अफ वीरगंज मेट्रोपोलिसको प्रत्येक शुक्रवार […]
देवरद्वारा भाउजूको हत्या
राजेश केसरीवाल, रक्सौल, २१ भदौ/ भारत, बिहार रामगढवामा भाउजूको हत्या गरी देवर फरार भएका छन्। काका ससुराका छोरा देवानन्द ओझा र मिनी देवीबीच शनिवार विवाद भएपछि देवानन्दले मिनी देवीको टाउकोमा डम्बलले हिर्काएका थिए। डम्बल लागेपछि उनको घटनास्थलमैं मृत्यु भएको थियो। मिनीको मृत्यु भएपछि देवानन्द फरार भएको थानाध्यक्ष सन्तोषकुमार शर्माले बताए। संयुक्त परिवारमा बस्दै आएका मिनी […]
आंशिक प्राध्यापकहरूले निर्देशिका जलाए
प्रस, वीरगंज, २१ भदौ/ त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले भदौ १ गते पारित गरेको ‘अतिरिक्त कक्षा व्यवस्थापनसम्बन्धी निर्देशिका–२०७७’लाई आंशिक प्राध्यापक सङ्घ ठाकुर राम बहुमुखी क्याम्पस एकाइ समितिले जलाएको छ। समितिका अध्यक्ष तेजनारायण यादवले वरिष्ठ आंशिक प्राध्यापकहरूको उपस्थितिमा निर्देशिकालाई जलाएका थिए। आंशिक प्राध्यापकहरूमाथि त्रिविविले गरेको अत्याचारविरुद्धको आन्दोलनमा प्रजातान्त्रिक प्राध्यापक सङ्घ ठाराब एकाइ समितिले समर्थन तथा ऐक्यबद्धता व्यक्त […]
नयाँ शैली
कोरोनाले विध्वंस ल्याएकै हो। विध्वंस पनि सबैभन्दा बढी मानवीय ज्यानको। यो प्रत्यक्ष्F विध्वंस हो। अप्रत्यक्ष विध्वंसको रूपमा यसले सरकारहरूलाई स्वेच्छाचारी बनाएको छ। कोरोनाको भयले मानिस घरमा कोच्चिनुपर्ने बाध्यता त छँदैछ, यस अवसरको उपयोग सरकारहरूले प्रशासनलाई छाडा बनाएर तमाम तरहका मानव अधिकार हननको शृङ्खला नै चलाएको छ। कोरोनाको नाउँमा प्रशासन दुस्सहरूपमा अतिचारी बनेकोे छ। सरकारको […]
अनलाइन शिक्षण र त्यसभित्रको अर्थ
– अनन्तकुमार लाल दास सम्पूर्ण विश्व अहिले एउटा वैश्विक सङ्क्रामक महामारीबाट जुधिरहेको छ वा त्यसबाट छुटकारा पाउने कोशिश गरिरहेको छ। विश्व स्वास्थ्य सङ्गठन र राष्ट्रिय संस्थाहरू कोभिड–१९ बाट कसरी जोगिने भन्ने निर्देशन पटक–पटक विभिन्न माध्यमद्वारा प्रसारित गरिरहेका छन्। यस्तै बेला शिक्षाक्षेत्रमा संलग्न मानिसहरूको लागि नयाँ–नयाँ प्रश्न र चुनौती देखिएका छन्। यस बेला सम्पूर्ण शैक्षिकजगत् अनिश्चितकालका […]