आंशिक प्राध्यापकहरूले निर्देशिका जलाए

प्रस, वीरगंज, २१ भदौ/
    त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले भदौ १ गते पारित गरेको ‘अतिरिक्त कक्षा व्यवस्थापनसम्बन्धी निर्देशिका–२०७७’लाई आंशिक प्राध्यापक सङ्घ ठाकुर राम बहुमुखी क्याम्पस एकाइ समितिले जलाएको छ।
    समितिका अध्यक्ष तेजनारायण यादवले वरिष्ठ आंशिक प्राध्यापकहरूको उपस्थितिमा निर्देशिकालाई जलाएका थिए।
    आंशिक प्राध्यापकहरूमाथि त्रिविविले गरेको अत्याचारविरुद्धको आन्दोलनमा प्रजातान्त्रिक प्राध्यापक सङ्घ ठाराब एकाइ समितिले समर्थन तथा ऐक्यबद्धता व्यक्त गरेको छ।  

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्