रौतहटका किसानहरू नहरको पानी ल्याउन प्रयासरत

प्रस, रौतहट, २० भदौ/    धेरै दिनदेखि आकाशे पानी नपरेकोले धानबाली सुक्न थालेपछि दुर्गा भगवती गाउँपालिका वडा नं ४ का किसानहरूले नहरको पानी ल्याउन प्रयास थालेका छन्। नहर जाम भएपछि लोकाहादेखि नहरलाई सरसफाइ गर्दै पानी ल्याउन किसानहरू एकजुट भएका हुन्।    वर्षौंदेखि नहरको सरसफाइ नभएकोले नहरमा घाँसपात तथा जलकुम्भी उम्रिएर जाम भएको पचरूखीका किसान विन्देश्वर महतोले बताए।   […]

पर्सा/बारामा १८ जना सङ्क्रमित

प्रस, वीरगंज, २० भदौ/    नारायणी प्रयोगशालामा शुक्रवार राति १८ जना सङ्क्रमित पुष्टि भएका छन्। बाराका १२ जना र पर्साका ६ जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालका प्रवक्ता डा अतुलेश चौरसियाले बताए।    चारजना महिला र चौधजना पुरुष सङ्क्रमित भएका हुन्। सङ्क्रमितमध्ये बारा, सिम्रौनगढ नगरपालिकाका एकजना महिलासहित ६ जना, जीतपुरस्थित नेपाली सेनाको ब्यारेक र जिल्ला प्रहरी कार्यालय, बाराका […]

१५ किलो गाँजा र खैरो हेरोइनसहित पाँचजना पक्राउ

प्रस, वीरगंज, २० भदौ/    जिल्ला प्रहरी कार्यालय, पर्साले छुट्टाछुट्टै  स्थानबाट चार ग्राम खैरो हेरोइन र १५ किलो गाँजासहित पाँचजनालाई पक्राउ गरेको छ।    वीरगंज महानगर–१६  रजतजयन्ती चोकबाट ४ ग्राम लागूऔषध खैरो हिरोइनसहित दुईजनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ। वीरगंज मनपा–२४ बस्ने २० वर्षीय शिव साह कानू र वडा नं. १६ बस्ने २० वर्षीय कृष्ण भन्नेछोटु पाण्डेलाई […]

गर्मीले जनजीवन प्रभावित

प्रस, सेढवा, २० भदौ/    एक सातादेखि बढेको अत्यधिक गर्मीका कारण ग्रामीण जनजीवन प्रभावित भएको छ। बिहानैदेखि चर्काे घाम लाग्ने तथा हावा नचलेपछि अत्यधिक गर्मी हुन थालेको हो। फलस्वरूप ग्रामीण बासिन्दाहरूले काम गर्न नसक्ने तथा मानिसहरूको आवागमन पनि कम भएको छ।    अत्यधिक गर्मीका कारण विभिन्न रोगको प्रकोप पनि बढेको छ। गर्मीका कारण विशेषगरी ज्वरो आउने, टाउको […]

हत्याका आरोपी चारजना पुर्पक्षको लागि जेल चलान

प्रस, निजगढ, १८ भदौ/    निजगढ नगरपालिका–८ का ३७ वर्षीय लालध्वज लामाको हत्यामा संलग्न भएको आरोपमा ३ जना पुरुष र १ जना महिलासहित ४ जनालाई बारा जिल्ला अदालतले पुर्पक्षको लागि जेल चलानको आदेश गरेको छ। शुक्रवार बारा जिल्ला अदालतले चारैजनालाई पुर्पक्षको लागि जेल चलानको आदेश गरेपछि उनीहरूलाई  वीरगंज कारागार पठाइएको छ।    पीडित परिवारको किटानी जाहेरीको आधारमा […]

वीरगंजमा थप दुर्ईजनाको मृत्यु

प्रस, वीरगंज, २० भदौ/    वीरगंजमा उपचारको क्रममा थप दुर्ईजनाको मृत्यु भएको छ।    मृत्यु हुनेमा एकजना कोरोना सङ्क्रमित रहेका छन् भने अर्को एकजना कोरोनाको शङ्कास्पद बिरामी रहेको बताइएको छ।    पर्सा, पकहामैनपुर वडा नं २ का ७५ वर्षीय वृद्धको गएराति साढे ११ बजे गण्डक कोभिड अस्पतलामा मृत्यु भएको छ भने शनिवार बिहान २ बजेर ३५ मिनेटमा एकजना […]

वीरगंज कलेजद्वारा अनलाइनमार्फत् प्रवेश परीक्षा

प्रस, वीरगंज, २० भदौ/    वीरगंज कलेजले कक्षा ११ मा भर्नाका लागि अनलाइन माध्यमबाट प्रवेश परीक्षा लिएको छ।    उपत्यकाबाहिर पहिलोपटक कक्षा ११ र १२ मा कानून र पत्रकारिता अध्यापन शुरू गरेको कलेजले नयाँ शैक्षिकसत्रमा भर्नाका लागि अनलाइन माध्यमबाट प्रवेश परीक्षा लिएको हो। शनिवार बिहान ८ बजेदेखि व्यवस्थापन सङ्काय कक्षा ११ मा भर्नाका लागि प्रवेश परीक्षा सम्पन्न […]

वर्षा ऋतुमा समाहित छ जीवन–विद्याको प्रशिक्षण

    हाम्रा ऋषि–मनीषीहरूले प्रकृतिलाई चेतन सत्ता मानेर त्यससँग सामञ्जस्य स्थापित गर्दै जीवनयापन गर्ने सिद्धान्तमा जोड दिएका छन्। प्रकृतिसँग सद्भावपूर्ण सद्व्यवहारको पुण्य परम्पराका कारण  प्रकृतिले हाम्रालागि आमा बनेर पोषण व्यवस्था त गरेकै छ, जीवनसूत्रको दिव्य प्रेरणा पनि प्रदान गरेको छ। प्रकृतिका विभिन्न ऋतुहरू विभिन्न सूक्ष्म–प्रवाह तथा स्थूल–संसाधन लिएर आउँछन्। त्यसलाई बुझेर त्यस अनुकूल व्यवस्था बनाई हामी […]

जनतालाई कहिलेसम्म घरमा थुन्ने ?

 – ओमप्रकाश खनाल    सरकारले चार महीना लामो बन्दाबन्दी हटाए पनि अहिले ५० भन्दा बढी जिल्लामा निषेधाज्ञा लगाइएको छ। पछिल्लो समयमा घातक लक्षणसहितका सङ्क्रमित र त्यसबाट मृत्यु हुनेको सङ्ख्या बढेपछि भौतिक दूरी कायम गर्नकै लागि निषेधाज्ञा लगाइयो। यथार्थमा देश अहिले अघोषित बन्दाबन्दीकै अवस्थामा छ। बरु बन्दाबन्दीताका आवागमन र उद्यम व्यवसायमा केही सहजता पनि थियो। अहिले सबै […]

स्थानीय दरबारहरू

 – कुमार रुपाखेती    राणा र शाह बस्ने सुविधासम्पन्न निवासलाई उति बेला दरबार भनिन्थ्यो। दरबारमा शक्तिशाली र सम्पन्न मान्छे बस्छन् भन्ने धारणासमेत भएकाले त्यतिखेर दरबारलाई सम्मानले हेर्नेहरू धेरै थिए। मुलुकमा छरिएर रहेका दरबारहरूलाई राजदरबार (नारायणहिटी)ले थोरबहुत भरथेक गर्ने गर्दथ्यो।    कुनै जमानामा वीरगंज र वरपरसमेत चलनचल्तीका थुप्रै दरबार थिए। वीरगंजमा रेशमकोठी दरबार, छपकैया दरबार, ओमआश्रम दरबार, श्रीपुर […]

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।