प्रस, वीरगंज, २० भदौ/
नारायणी प्रयोगशालामा शुक्रवार राति १८ जना सङ्क्रमित पुष्टि भएका छन्। बाराका १२ जना र पर्साका ६ जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालका प्रवक्ता डा अतुलेश चौरसियाले बताए।
चारजना महिला र चौधजना पुरुष सङ्क्रमित भएका हुन्। सङ्क्रमितमध्ये बारा, सिम्रौनगढ नगरपालिकाका एकजना महिलासहित ६ जना, जीतपुरस्थित नेपाली सेनाको ब्यारेक र जिल्ला प्रहरी कार्यालय, बाराका तीन/तीनजना गरी ६ जना छन्।
यसैगरी, नबिल बैंक वीरगंजका एकजना महिला कर्मचारीसहित चारजना र पर्सागढी नगरपालिका–४ का दुईजना सङ्क्रमित थपिएका हुन्।