प्रस, वीरगंज, २० भदौ/
    वीरगंजमा उपचारको क्रममा थप दुर्ईजनाको मृत्यु भएको छ।
    मृत्यु हुनेमा एकजना कोरोना सङ्क्रमित रहेका छन् भने अर्को एकजना कोरोनाको शङ्कास्पद बिरामी रहेको बताइएको छ।
    पर्सा, पकहामैनपुर वडा नं २ का ७५ वर्षीय वृद्धको गएराति साढे ११ बजे गण्डक कोभिड अस्पतलामा मृत्यु भएको छ भने शनिवार बिहान २ बजेर ३५ मिनेटमा एकजना १२ वर्षीय बालकको शङ्कास्पद अवस्थामा उपचारको क्रममा नारायणी अस्पतालको आकस्मिक कक्षमा मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा अतुलेश चौरसियाले जानकारी गराए। दुवैजनाको मृत्यु कडा निमोनियाको कारण भएको उनले बताए।
    पकहामैनपुरका वृद्ध भदौ ५ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि गण्डक कोभिड अस्पतालमा भर्ना भई उपचार गराउँदै आएका थिए भने पर्सागढी–३ बिरुवगुठीका १२ वर्षीय बालक हिजो दिउँसो मात्र नारायणी अस्पतलामा भर्ना भएका थिए।
    शङ्कास्पद मृत्यु भएको बालकको स्वाब सङ्कलन गरी पिसिआर परीक्षणको लागि नारायणी पिसिआर प्रयोगशालामा पठाइएको छ भने गण्डकमा मृत्यु भएका वृद्धको शव व्यवस्थापनको लागि तयारी भइरहेको छ।
    ७५ वर्षीय वृद्धलाई क्षयरोग पनि थिए। दुवैजनालाई श्वासप्रश्वासमा समस्या आएपछि अचानक मृत्यु भएको थियो। योसँगै पर्सामा कोरोना सङ्क्रमणले मृत्यु हुनेको सङ्ख्या ४० पुुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here