पटेर्वासुगौलीका स्वास्थ्य चौकी/केन्द्रको छड्के

प्रमोद यादव, पंचगावाँ, २० भदौ/    पटेर्वासुगौलीमा रहेका स्वास्थ्य चौकी, केन्द्रबाट सेवा प्रवाह नभएको भन्ने स्थानीयको गुनासोपछि गाउँपालिकाले छड्के जाँच गरेको छ।    निमित्त प्रमुख प्रशासकीय अधिकृत भुजेन्द्रप्रसाद यादव, स्वास्थ्य संयोजक जगरनाथ साह, प्राविधिक रामबाबू रायलगायतको टोलीले स्वास्थ्य चौकीहरूमा छड्के जाँच गरेका थिए। छड्केको क्रममा निचुटा स्वास्थ्य चौकीका अहेब उदय साह १५ दिनदेखि विनासूचना अनुपस्थित रहेको पाइयो।   […]

नदीजन्य पदार्थको अवैध तस्करी

बलिराम शुक्ला, बिरुवागुठी, २० भदौ/    पर्सागढी नगरपालिका अन्तर्गतका खोलाहरूबाट अवैधरूपमा नदीजन्य पदार्थको तस्करी भइरहेको छ। पर्सा जिल्लाभरिका खोलाहरूको स्थानीय निकायले टेन्डर आह्वान नगर्दा पर्सागढी नगरपालिका अन्तर्गतका कर्जहनिया र सिङ्गाही खोलाबाट दिनहुँ दर्जनौं ट्याक्टरबाट अवैधरूपमा गिट्टी, बालुवा, ढुङ्गाको चोरी तस्करी भइरहेको छ।    सबडिभिजन वन कार्यालय बडनिहार र सो मातहतका छतिवनटाँडी रेन्जपोस्ट, मनवा रेन्जपोस्टका वन कर्मचारीहरूलाई तस्करहरूले […]

चार महीनाभित्र हुलाकी सडकले काम पूरा गर्छ –नेता बानियाँ

चिरञ्जीवी सापकोटा, ठोरी, २० भदौ/    नेपाली काङ्ग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं नेपाली काङ्ग्रेस मकवानपुरका सभापति इन्द्र बानियाँले ठोरीमा निर्माण भइरहेको हुलाकी सडकको स्थलगत निरीक्षण गरेका छन्।    बानियाँ जेभीका ठेकेदार ऋषि बानियाँ तथा प्राविधिकसहितको टोलीका साथ बानियाँले पहिलोपटक स्थलगत अनुगमन गरेका हुन्। पूर्वगृहराज्यमन्त्रीसमेत रहेका बानियाँलाई ठोरीमा नेपाली काङ्ग्रेसले स्वागत गरेको थियो। हुलाकी सडकको अनुगमन […]

ठोरीवासीद्वारा पहिरोपीडितलाई आर्थिक सहयोग हस्तान्तरण

माधव तिमल्सिना, ठोरी, १९ भदौ/    सिन्धुपाल्चोकको जुगल गाउँँपालिका लिदीका पहिरोपीडितहरूलाई ठोरीबाट गएको एक टोलीले राहत रकम हस्तान्तरण गरेको छ।    शुक्रवार अबेर राहत रकम लिएर पुगेको टोलीले शनिवार बिहान पहिरोपीडितहरू बसिरहेको अस्थायी आवास क्षेत्र जुगल गापा–१ बाँसखर्क पुगेर पीडितहरूलाई राहत रकम हस्तान्तरण गरेको हो।    ठोरी गापा–४ मा गत भदौ २ गते लिदीका पहिरोपीडितहरूलाई सहयोग गर्ने उद्देश्यले […]

छिपहरमाईमा २७ जनाद्वारा रक्तदान

प्रस, वीरगंज, २० भदौ/    छिपहरमाई गाउँपालिकामा शनिवार आयोजित रक्तदान कार्यक्रममा २७ जनाले रक्तदान गरेका छन्।    सनसाइन इङ्गलिश बोर्डिङ स्कूल, शाह हेल्थ क्लिनिक र रेडक्रस उपशाखा तुलसीबर्वाको संयुक्त आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा जितेन्द्र महतो, सुरेन्द्र श्रीवास्तव, रविकान्त महतो, जालिम मियाँ धोबी, राजेश हजरा, भन्टु यादव, मोर्घाज यादव, राजु सहनी, राजेन्द्र महतोलगायतले रक्तदान गरेको  रक्तसञ्चार केन्द्र वीरगंजका […]

५४ जना सङ्क्रमित निको भए

प्रस, वीरगंज, २० भदौ/    पर्सामा शुक्रवार ५४ जना सङ्क्रमितको रिपोर्ट नेगेटिभ आएपछि घर फिर्ता भएका छन्।    वीरगंज, सुक्खा बन्दरगाहस्थित वाटिका होटलमा रहेको सेमिआइसोलेशनबाट २३ जना, सिद्धार्थ माविबाट १५ जना, वीरगंज हेल्थकेयर कोभिड विशेष अस्पतालबाट ८ जना, गोपाल मण्डलीमा रहेको आइसोलेशनबाट ५ जनालगायत ५४ जना घर फर्किएका छन्।

सन्तुलितरूपमा जडीबुटिको प्रयोग गर्न सुझाव

चितवन, २० भदौ/रासस    कोरोना भाइरस सङ्क्रमणका बेला प्रतिरोधी क्षमता बढाउन खाइने जडीबुटि सन्तुलितरूपमा प्रयोग गर्नुपर्ने विज्ञहरूले बताएका छन्। चिकित्सकको सल्लाह र सुझावविना यसको अधिक मात्रामा प्रयोग गर्दा हानिकारक हुने उनीहरूको सुझाव छ। बेसार, गुर्जो, तुलसी, मरिच, अदुवा, टिमुरलगायत जडीबुटीको प्रयोग हावापानी, भौगोलिक अवस्था र प्रयोगकर्ताको शारीरिक क्षमता अनुसार मात्रा मिलाएर प्रयोग गर्न उनीहरूले सुझाएका हुन्।   […]

डुबेर एकजनाको मृत्यु

प्रस, रौतहट, २० भदौ/    गरुडा नपा–२ का स्थानीय रामचन्द्र सहनीका ५५ वर्षीय छोरा जगदीश सहनीको लाश चाँदी खोलामा भेटिएको छ। शुक्रवारदेखि हराएका सहनीको शवलाई स्थानीयले खोलामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।    सहनीको मानसिक सन्तुलन ठीक नभएकोले डुबेर मृत्यु भएको हुन सक्ने स्थानीयहरूको आशङ्का छ। घटनास्थलमा इलाका प्रहरी कार्यालय गरुडाको टोली पुगेर शवको शल्यपरीक्षणको लागि गौर […]

मुख्यमन्त्री गद्दीद्वारा प्रहरी चौकी भवनको शिलान्यास

प्रस, रौतहट, २० भदौ/    मुख्यमन्त्री लालबाबूराउत गद्दीले माधवनारायण नगरपालिका–२ खेसरिया बजारमा अस्थायी प्रहरी चौकी भवनको शिलान्यास गरेका छन्।    पुजारीको हत्या भएको ठाउँ खेसरिया बजारमा हिजो शुक्रवार मुख्यमन्त्री लालबाबूराउत गद्दी, आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले संयुक्तरूपमा प्रहरी चौकी भवनको शिलान्यास गरेका हुन्।    कार्यक्रममा कृषि राज्यमन्त्री योगेन्द्र यादव, प्रदेश सांसदहरू किशोरी, बाबूलाल साह, फूलबाबू, नगरप्रमुखहरू अजय […]