२०७७ भदौ १९ गते शुक्रवारको प्रतीक दैनिक
राहत लिन जिल्ला प्रहरी कार्यालयमा भीड
प्रस, वीरगंज, १८ भदौ/ बिहीवार एकाबिहान सयौंको सङ्ख्यामा महिला/पुरुषहरू राहतको माग गर्दै जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा पुगेका थिए। महानगरका विभिन्न वडाबाट विनासूचना एक्कासि जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेपछि भीड नियन्त्रण गर्न प्रहरीलाई हम्मेहम्मे परेको थियो। जिल्ला प्रहरी कार्यालय, पर्सा तथा वीरगंज महानगरले उपलब्ध गराएको राहत हिजो बुधवार जिल्ला प्रहरी कार्यालयबाट वितरण भएको […]
वीरगंजमा भदौ २५ गतेसम्म निषेधाज्ञा लम्ब्याइयो
प्रस, वीरगंज, १८ भदौ/ वीरगंज महानगरपालिकामा साउन १० गतेदेखि लागेको निषेधाज्ञा भदौ २५ गते राति १२ बजेसम्मको लागि लम्ब्याइएको छ। जिल्ला प्रशासन कार्यालय, पर्साले आज सूचना जारी गर्दै भदौ २५ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञा लम्ब्याएको जानकारी गराएको छ। निषेधाज्ञा अवधिमा मुख्य सडकमा पूर्व फर्केका र लिङ्क रोडमा दक्षिण फर्केका पसलहरू सोमवार, बुधवार, शुक्रवार […]
शुरू भयो प्लाज्मा दान
प्रस, वीरगंज, १८ भदौ/ तीन दिनअघि शुरू भएको प्लाज्मा थेरापी उपचार विधिबाट सङ्क्रमितको उपचार भएसँगै सोको सकारात्मक नतीजा आउन थालेको छ। सर्लाहीका एकजना सङ्क्रमितमा सो उपचार विधिबाट सुधार हुन थालेपछि वीरगंजका सङ्क्रमितका लागि प्लाज्मा थेरापी प्रभावकारी हुने भएकोले सो विधि अघि बढाउँदै गइएको छ। नारायणी अस्पतालका प्लाज्मा स्टडी समूहका चिकित्सक, वीरगंज उद्योग वाणिज्य सङ्घ, रक्तसञ्चार […]
कारबाई माग गर्दै आमरण अनशन
प्रस, रौतहट, १८ भदौ/ प्रहरी हिरासतमा मृत्यु भएका विजय राम महराको प्रहरी यातनाबाट हत्या भएको भन्दै दोषीमाथि कारबाईको माग गर्दै पूर्वसांसदद्वय विश्वेन्द्र पासवान र रामप्रीत पासवान आमरण अनशनमा बसेका छन्। मङ्गलवारदेखि उनीहरू इप्रका गरुडाको मूलगेटअगाडि आमरण अनशनमा बसेका हुन्। त्यस्तै, मृतक महराका परिवारजन, आफन्तले १० सूत्रीय मागसहित सङ्घर्ष समिति गठन गरेर इप्रकाअगाडि प्रदर्शन जारी राखेका […]
सामाजिक सुरक्षा भत्ता वितरण भएन
प्रस, पंचगावाँ, १८ भदौ/ सामाजिक सुरक्षा भत्ता नपाएपछि बहुदरमाई नगरपालिकाका ज्येष्ठ नागरिकहरू मर्कामा परेका छन्। कोरोना महामारीको कारण सिद्धार्थ बैंकको बहुदरमाई शाखा बन्द भएपछि चैतदेखि असारसम्मको सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित हुँदा बहुदरमाई नगरपालिकाका १ देखि ९ वडाका ज्येष्ठ नागरिक, अपाङ्ग, महिला मर्कामा परेका हुन्। बहुदरमाई नगरपालिकाको लेखा शाखाले २०७६ चैतदेखि २०७७ असारसम्मको सामाजिक सुरक्षा […]
पुजारी हत्याका फरार अभियुक्त पक्राउ
प्रस, रौतहट, १८ भदौ/ माधवनारायण नगरपालिका वडा नं २ खेसरहिया बजारमा रहेको हनुमान मन्दिरका पुजारी राम साहको हत्याको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। देवाही गोनाही नपा वडा नं १ करुनिया बस्ने वर्ष ३६ को नरेश भन्ने रामनरेश राउत पटेल तथा सोही स्थान निवासी वर्ष २८ को बालकुमार पटेललाई पक्राउ गरेको २ नं. प्रदेश प्रहरी […]
कोरोना सङ्क्रमण पुष्टि
जलेश्वर, १८ भदौ/रासस महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकामा आत्महत्या गरेकी एक महिलामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ। बर्दिबास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले बर्दिबास–३ गौरीडाँडामा बुधवार आत्महत्या गरेकी स्थानीय ८७ वर्षीया महिलामा कोरोना सङ्क्रमण भएको रिपोर्ट आएको जानकारी दिए। ती महिलाको यही भदौ १५ गते कोरोना परीक्षण गरिएको थियो। मृत्युपश्चात् उनी कोरोना सङ्क्रमण रहेको रिपोर्ट आएको […]
११० जना सङ्क्रमित थपिए, १९ प्रतिशतमा सङ्क्रमण पुष्टि
प्रस, वीरगंज, १८ भदौ/ मध्य तराईका पर्सा, बारा र रौतहटका ११० जना कोरोना सङ्क्रमित थपिएका छन्। नारायणी अस्पताल पिसिआर प्रयोगशाला वीरगंजले गएराति सार्वजनिक गरेको कोरोना सङ्क्रमण नतीजा अनुसार ५७६ जनाको स्वाब नमूना परीक्षण हुँदा १९ दशमलव ९ प्रतिशत व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको जनाइएको छ। डेढदेखि ८० वर्षसम्मका ३० महिला र ८० पुरुष गरी कुल […]
गढीमाई मन्दिरमा पूजा सामग्रीको अभाव
प्रस, वीरगंज, १८ भदौ/ बाराको प्रसिद्ध गढीमाई मन्दिरमा पूजा सामग्रीको अभाव भएको छ। लकडाउन र निषेधाज्ञाका कारण ६ महीनादेखि मन्दिर बन्द भएको र भक्तजनहरू आउन छाडेकाले चढावन नपरेको र नगरपालिका तथा मन्दिर सञ्चालक समितिसमेतले बेवास्ता गरेको कारण पूजा सामग्रीको जोहो गर्न समस्या भएको पुजारी शम्भुप्रसाद चौधरीले गुनासो गरेका छन्। स्थानीयले पनि नगरपालिका तथा विकास समितिले […]