प्रस, वीरगंज, १८ भदौ/
मध्य तराईका पर्सा, बारा र रौतहटका ११० जना कोरोना सङ्क्रमित थपिएका छन्। नारायणी अस्पताल पिसिआर प्रयोगशाला वीरगंजले गएराति सार्वजनिक गरेको कोरोना सङ्क्रमण नतीजा अनुसार ५७६ जनाको स्वाब नमूना परीक्षण हुँदा १९ दशमलव ९ प्रतिशत व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको जनाइएको छ। डेढदेखि ८० वर्षसम्मका ३० महिला र ८० पुरुष गरी कुल ११० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डा अतुलेश चौरसियाले जानकारी गराए।
जसमा पर्साका ६९ जना, बाराका २४ जना र रौतहटका १७ जना रहेका छन्। पर्साको वीरगंज महानगरका ४९ जना, कालिकामाई गाउँपालिका वडा नं २ का ४ जना, बहुदरमाई नगरपालिका वडा नं ४ र ५ का ५ जना, पर्सागढी नगरपालिका वडा नं ४ र ८ का ७ जना, पोखरिया नगरपालिका वडा नं ४ र १० का ४ जना गरी कुल ६९ जना सङ्क्रमित भएका छन् भने बाराको कलैया उपमहानगरका विभिन्न वडाका २४ जना र रौतहटको यमुनामाई गापा वडा नं ३ का १७ जना सङ्क्रमित भएको जनाइएको छ। वीरगंज–४ का १, १० का ३, ८ का ७, १३ का ४, १८ का १, २१ का ७, ११ का २, २ का २, १२ का १, १६ का २, १५ का २ गरी कुल ४९ जना रहेको नारायणी अस्पताल पिसिआर प्रयोगशालाकी प्रमुख प्याथोलोजिस्ट डा नीरा पाठकले जानकारी गराइन्। कुल सङ्क्रमितमध्ये सिटी भ्यालु २४ र सोभन्दा बढी भएका ३४ जना र २४ भन्दा मुनि रहेका ७६ जना छन्।
११० जना सङ्क्रमितमा नेशनल मेडिकल कलेज वीरगंजकी ३१ वर्षीया चिकित्सक छन्। त्यस्तै, चण्डीप्रसाद गण वीरगंजका ३२, ३४, ३४ र ३७ वर्षका ४ जना सैनिक, सशस्त्र प्रहरी पर्साका २७, २८, २९, ३० र ३२ वर्षका ५ जना, पर्सा प्रहरीका ३० र ४० वर्षका २ जना गरी कुल ११ जना सुरक्षाकर्मी सङ्क्रमित भएका छन्। नबिल बैंक वीरगंजकी ३१ वर्षकी एक कर्मचारी पनि सङ्क्रमित भएकी छन्।