जलेश्वर, १८ भदौ/रासस
महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकामा आत्महत्या गरेकी एक महिलामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ। बर्दिबास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले बर्दिबास–३ गौरीडाँडामा बुधवार आत्महत्या गरेकी स्थानीय ८७ वर्षीया महिलामा कोरोना सङ्क्रमण भएको रिपोर्ट आएको जानकारी दिए।
ती महिलाको यही भदौ १५ गते कोरोना परीक्षण गरिएको थियो। मृत्युपश्चात् उनी कोरोना सङ्क्रमण रहेको रिपोर्ट आएको नगरप्रमुख कार्कीले बताए। यस अघि मृतक महिलाको घरका अन्य तीनजना सदस्यमा भदौ ११ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो।
