सामाजिक सुरक्षा भत्ता वितरण भएन

प्रस, पंचगावाँ, १८ भदौ/
    सामाजिक सुरक्षा भत्ता नपाएपछि बहुदरमाई नगरपालिकाका ज्येष्ठ नागरिकहरू मर्कामा परेका छन्।
    कोरोना महामारीको कारण सिद्धार्थ बैंकको बहुदरमाई शाखा बन्द भएपछि चैतदेखि असारसम्मको सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित हुँदा बहुदरमाई नगरपालिकाका १ देखि ९ वडाका ज्येष्ठ नागरिक, अपाङ्ग, महिला मर्कामा परेका हुन्।
    बहुदरमाई नगरपालिकाको लेखा शाखाले २०७६ चैतदेखि २०७७ असारसम्मको सामाजिक सुरक्षा भत्ता सिद्धार्थ बैंक बहुदरमाई शाखामा पठाए  पनि कोरोना महामारीका कारण बैंक बन्द हुँदा सामाजिक सुरक्षा भत्ता पाउन नसकेको सेवाग्राहीहरूको गुनासो छ।
    बहुदरमाई नपा–५ भौराटारका ज्येष्ठ नागरिक गङ्गाधर नुनियाले भत्ताको लागि पटक–पटक बैंकमा गए पनि बैंक बन्द हुँदा रित्तै हात फर्किनुपरेको गुनासो गरे।
    यता सिद्धार्थ बैंक बहुदरमाई शाखाकी प्रमुख रूपसना जैसवालले बैंक खोल्न नगरपालिकाले आधिकारिक परिपत्र गरेमा साताको दुई–तीन दिन बैंक खोलेर सेवा प्रवाह गर्ने बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here