२०७७ भदौ १६ गते मंगलवारको प्रतीक दैनिक
शिक्षा मन्त्रालयको निर्देशनको अवज्ञा, पर्साको सामुदायिक विद्यालयमा आइसोलेशन सञ्चालन
प्रस, वीरगंज, १५ भदौ/शिक्षा मन्त्रालयले विद्यालयमा आइसोलेशन नबनाउन र बनेका आइसोलेशन बन्द गर्न निर्देशन दिएपनि पर्सा जिल्लाको केही स्थानीय तहमा अहिलेपनि विद्यालयहरूमा आइसोलेशन सञ्चालन भइरहेको छ।पर्सागढी नगरपालिकाले तयार गरेको पाँचवटा आइसोलेशन केन्द्रमध्ये तीनवटा आइसोलेशन अहिले पनि विद्यालयमा छ। नेपाल आधारभूत विद्यालय हरपुर, नेपाल राष्ट्रिय मावि बडेर्वा, नेपाल राष्ट्रिय मावि बर्वाछोटैली गरी तीनवटा विद्यालयमा आइसोलेशन बनाइएको […]
मल आयो तर किसान महँगोमा किन्न बाध्य
प्रस, सेढवा, १५ भदौ/ लामो प्रतीक्षापछि सरकारी मल प्राप्त गरेका किसान खुशी हुनुभन्दा दुःखी भएका छन्। साल्ट टे«डिङले कृषि सहकारी संस्थाहरूलाई बिक्री गरेको मूल्यभन्दा दोब्बर मूल्य किसानाले बिक्रेता संस्थाहरूलाई तिर्नुपरेको छ। किसानहरूलाई आवश्यक परेको बेला लामो प्रतीक्षापछि, साल्ट टे«डिङ कर्पोरेशनले बल्ल भित्र्याएको मल, कृषि सहकारी संस्थामार्फत उपलब्ध गराउँदा संस्थाहरूले किसानहरूसँग परल मूल्यभन्दा दुई गुना बढी […]
बैंकमा भीडभाड, नियमकारी निकाय मौन
प्रस, निजगढ, १५ भदौ/ पछिल्लो समय बारामा कोभिड १९ सङ्क्रमित बढिरहेका छन्। जिल्ला प्रशासन कार्यालय, बाराले साउन १८ गते निषेधाज्ञा जारी गर्दै पुनः साउन ३२ गते निषेधाज्ञा थप गरेपछि बैंक, सरकारी कार्यालय, पसललगायत बन्द थिए। सो निषेधाज्ञा अहिले पनि जारी छ। तर दुई दिन अघि निजगढका बैंकिङ कार्यालयहरूले बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सेवा […]
काठसहित नामूद तस्कर पक्राउ
प्रस, पचगावाँ, १५ भदौ/ काठ तस्करीमा लामो समयदेखि सक्रिय एकजना तस्करलाई वन गश्ती टोलीले पक्राउ गरेको छ। सखुवापरसौनी गाउँपालिका–५ महुवन बलुवा सडकखण्डबाट दुई थान सालको गोलियासहित पोखरिया नगरपालिका–९ सेमरबारी बर्वा बस्ने गब्बर सिंह भन्ने गबद देवानलाई वन कर्मचारीले पक्राउ गरेको हो। सबडिभिजन वन कार्यालय, रङ्गपुर टाँडीका सुबेदार प्रदीप तिमल्सिनाले दुईवटा साइकलमा लोड […]
चिरञ्जीवीलाल सरावगीको मृत्यु
राधेश्याम पटेल, वीरगंज, १५ भदौ/ वीरगंज महानगरका मेयर विजयकुमार सरावगीका पिता तथा व्यवसायी चिरञ्जीवीलाल सरावगीको ७७ वर्षको उमेरमा मृत्यु भएको छ। राति १२ः०५ बजे ग्राण्डी अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो। साउन २२ गते उनमा कोरोना सङ्क्रमण देखिएपछि वीरगंजबाट काठमाडौं लगिएको थियो। उनलाई साउन २४ गते काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचारार्थ भर्ना गरिएको थियो। भदौ […]
ट्याक्टर नियन्त्रण
प्रस, पचगावाँ, १५ भदौ/इलाका प्रहरी कार्यालय, पटेर्वासुगौलीले बालुवा लोड गरेको एउटा ट्याक्टर नियन्त्रणमा लिएको छ।भलुवाही खोलाबाट अवैधरूपमा बालुवा उत्खनन गरी लगिरहेको सूचना पाएर प्रनि दीपक चोरवारले ना.६ त ३८८२ नं.को ट्याक्टर नियन्त्रणमा लिई कारबाईको लागि डिभिजन वन कार्यालय, पर्सामा बुझाएको जनाएका छन्।
वीरगंजमा शुरू भयो प्लाज्मा थेरापी
राधेश्याम पटेल, वीरगंज, १५ भदौ/ कोरोना सङ्क्रमितको उपचारमा प्रभावकारी मानिएको कन्भेलसेन्ट प्लाज्मा थेरापी प्रदेश २ मा पनि शुरू भएको छ। नारायणी अस्पताल वीरगंजबाट यो उपचार आरम्भ भएको छ। करीब एक महीनाको कसरतपछि भदौ १४ गते नारायणी अस्पतालको आइसियु कक्षमा उपचाररत एक सङ्क्रमितको उपचार प्लाज्मा थेरापीबाट शुरू गरिएको नारायणी अस्पतालका चिकित्सक डा. उदयनारायण सिंहले जानकारी गराए। […]
१६५ किलो गाँजा बरामद
प्रस, निजगढ, १५ भदौ/ सशस्त्र प्रहरी बेस क्याम्प कोल्हवीको टोलीले कारबाट १६५ किलो गाँजा बरामद गरेको छ। सोमवार बिहान ४ बजे सशस्त्र प्रहरीले कोल्हवी नगरपालिका–९ श्रीपुर नजीक रोकिराखेको एउटा कार चेकजाँच गर्दा १६५ किलो गाँजा बरामद भएको सशस्त्र प्रहरी कोल्हवी बेसका प्रमुख शुकबहादुर रानाभाटले बताए। उनले सशस्त्रको टोलीले सूचना पाएर सो क्षेत्रमा गश्ती गर्दा तस्कर […]
राहत सामग्री वितरण
प्रस, पचगावाँ, १५ भदौ/ नेपाल राष्ट्रिय आधारभूत विद्यालय सखुवापरसौनी गाउँपालिका–२ जमुनिया विद्यालय प्राङ्गणमा राहत सामग्री वितरण गरिएको छ। पासवान युवा क्लब सखुवापरसौनी गापा–२ जमुनियाका युवाहरूले सङ्कलन गरेको खाद्यान्न सामग्री सोही टोलका अति विपन्न, गरीब, जेहेन्दारलाई वितरण गरिएको थियो। २७ परिवारलाई प्रतिपरिवार चामल ८ किलो, दाल १ किलो, नून १ किलो र मास्क एक पिस गरी […]