राहत सामग्री वितरण

प्रस, पचगावाँ, १५ भदौ/
    नेपाल राष्ट्रिय आधारभूत विद्यालय सखुवापरसौनी गाउँपालिका–२ जमुनिया विद्यालय प्राङ्गणमा राहत सामग्री वितरण गरिएको छ।
    पासवान युवा क्लब सखुवापरसौनी गापा–२ जमुनियाका युवाहरूले सङ्कलन गरेको खाद्यान्न सामग्री सोही टोलका अति विपन्न, गरीब, जेहेन्दारलाई वितरण गरिएको थियो।
    २७ परिवारलाई प्रतिपरिवार चामल ८ किलो, दाल १ किलो, नून १ किलो र मास्क एक पिस गरी २७ जनालाई राहत सामग्री वितरण गरिएको थियो। क्लबका अध्यक्ष उपेन्द्र पासवानको अध्यक्षतामा भएको कार्यक्रममा सखुवापरसौनी गापा–२ का वडाध्यक्ष नियाज अहमद, सञ्जय पासवान, इप्रका एकटाँगाका प्रनानि तिलधारी साह, पत्रकार प्रमोद यादवको उपस्थितिमा राहत वितरण गरिएको थियो।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्