प्रस, पचगावाँ, १५ भदौ/
काठ तस्करीमा लामो समयदेखि सक्रिय एकजना तस्करलाई वन गश्ती टोलीले पक्राउ गरेको छ।
सखुवापरसौनी गाउँपालिका–५ महुवन बलुवा सडकखण्डबाट दुई थान सालको गोलियासहित पोखरिया नगरपालिका–९ सेमरबारी बर्वा बस्ने गब्बर सिंह भन्ने गबद देवानलाई वन कर्मचारीले पक्राउ गरेको हो। सबडिभिजन वन कार्यालय, रङ्गपुर टाँडीका सुबेदार प्रदीप तिमल्सिनाले दुईवटा साइकलमा लोड गरिएको दुई थान सालको गोलियासहित देवानलाई पक्राउ गरेका हुन्।
राष्ट्रिय वन–जङ्गल फडानी गरी अवैधरूपमा सालको गोलिया सिद्धपुरमा चिरान गरी पोखरियातर्फ लगिरहेको अवस्थामा देवानलाई पक्राउ गरिएको सुबेदार तिमल्सिनाले बताए।