२०७७ भदौ १४ गते आइतवारको प्रतीक दैनिक
पर्सा/बारामा दुई महिलासहित १७५ जनाद्वारा रक्तदान
प्रस, पंचगावाँ, १३ भदौ/ पर्सा र बारामा गरी दुई स्थानमा शनिवार भएको रक्तदान कार्यक्रममा दुईजना महिलासहित १७५ जनाले रक्तदान गरेका छन्। पर्साको सखुवाप्रसौनी गाउँपालिका–६ लखनपुरमा श्रीराम युवा क्लब लखनपुरले शनिवार आयोजना गरेको रक्तदान कार्यक्रममा एकजना महिलासहित १८ जनाले रक्तदान गरेका थिए। जसवन्त यादव, अर्जुन तेली, सुरेन्द्र साह, साहेब साहलगायतले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्रमुख […]
ठोरी गापा–१ एक साताको लागि सिल
चिरञ्जीवी सापकोटा, ठोरी, १३ भदौ/ ठोरी गाउँपालिका–१ पुनः एक साताको लागि सिल गरिने भएको छ। शनिवार ठोरी गापा–१ का वडाध्यक्ष रामप्रकाश कुँवरको अध्यक्षतामा वडा कार्यालयमा बसेको सर्वपक्षीय बैठकले भदौ २० गतेसम्म वडा सिल गर्ने निर्णय गरेको छ। यो अवधिमा खाद्यान्न पसलहरू बिहान ११ देखि २ बजेसम्म खोल्ने र बाँकी समय बन्द गर्नुपर्ने निर्णय गरिएको वडासदस्य […]
कङ्कालीमाई मन्दिरमा नाग दुलरुवाको पूजा
प्रस, सिम्रौनगढ, १३ भदौ/ सिम्रौनगढ नगरपालिकामा रहेको कङ्कालीमाई मन्दिरमा शनिवार नाग दुलरुवाको पूजा महिलाहरूले धूमधामका साथ गरेका छन्। लकडाउन र निषेधाज्ञाको कारण मठमन्दिरमा पूजा गर्न निषेध गरिएको बेला आज पहिलोचोटि महिलाहरूले कङ्कालीमाई मन्दिरमा भीड गरेर पूजा गरेका छन्। भगवानपुर, पटेर्वा रूपैलिया, टेढाकट्टी, च्यूटाहाँ, कोतवाली, पिपरपातीलगायतका ठाउँबाट आएका महिलाहरूले कङ्कालीमाई मन्दिरमा रहेको विष्णु, त्रिलोकीनाथ, पार्वती मन्दिर, […]
वीरगंजमा तीनजना सङ्क्रमितको मृत्यु
प्रस, वीरगंज, १३ भदौ/ वीरगंजमा थप तीनजना सङ्क्रमितको मृत्यु भएको छ। वीरगंज महानगरपालिका–१२ मुर्लीका ४८ वर्षीय पुरुष, सोही वडाकी ६५ वर्षीया महिला र वीरगंज महानगर–२२ मनियारीका ३७ वर्षीय पुरुषको मृत्यु भएको हो। मुर्लीका ४८ वर्षीय सङ्क्रमित भदौ १२ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि नेशनल मेडिकल कलेज वीरगंजबाट कोभिड अस्पताल वीरगंज हेल्थकेयरमा भर्ना गरिएको थियो। उपचारको […]
५० जना सङ्क्रमित थपिए
प्रस, वीरगंज, १३ भदौ/ शुक्रवार राति पर्सा, बारा, रौतहट, महोत्तरी, धनुषा, सर्लाहीका गरी ५० जना सङ्क्रमित थपिएका छन्। नारायणी अस्पतालको प्रयोगशालामा ४४३ जनाको स्वाब परीक्षण गरिएकोमा ५० जनामा सङ्क्रमण पुष्टि भएको हो। सङ्क्रमितहरूमा पर्सा जिल्लाका ३१, बाराका ८, धनुषाका ४, महोत्तरीका ३, सर्लाहीका २, रौतहट र काठमाडौंका १/१ जना छन्। पर्सा जिल्लाको पोखरिया नगरपालिकाका १० […]
३५ दिनदेखिको निषेधाज्ञाले वीरगंजको जनजीवन कष्टकर
राधेश्याम पटेल, वीरगंज, १३ भदौ/ वीरगंज अहिले कोरोना महामारीको दोस्रो चरणसँग जुध्दैछ। चैत अन्तिम सातादेखि असार मध्यसम्म पहिलो चरण समाप्त हुँदा वीरगंजमा कोरोना सङ्क्रमण नियन्त्रण भएको मानिएको थियो। सोपछि निषेधाज्ञा हटाइ कार्यालय, बजार, व्यवसाय सहज पारिएको थियो। तर साउन पहिलो सातादेखि लक्षणसहितका सङ्क्रमित भेटिन थालेपछि पर्सा कोरोनाको दोस्रो चरणको चपेटामा फस्दै गयो। स्थानीय प्रशासनले साउन […]
प्रतीककर्मी सहनीलाई पितृशोक
प्रस, वीरगंज, १३ भदौ/ प्रतीक दैनिकका बारा विशेष संवाददाता जीतपुरसिमरा उपमहानगरपालिका–७ निवासी गम्भीरा सहनीलाई पितृशोक परेको छ। सहनीका पिता बाबुलाल सहनीको ७९ वर्षको उमेरमा शनिवार बिहान निधन भएको हो। उनको आजै अन्तिम संस्कार गरिएको छ।
निश्शुल्क भोजन सेवा शनिवारदेखि विस्तार
प्रस, वीरगंज, १३ भदौ/ साहिब दरबार सेवा संस्थान र समर्पण सेवा संस्थाले निषेधाज्ञामा निश्शुल्क भोजन गराउँदै आएकोमा शनिवारदेखि सेवालाई विस्तार गरेको छ। वीरगंज महानगरका विभिन्न वडामा अतिविपन्न, विपन्न, दैनिक ज्याला मजदूरी गर्नेहरूलाई निश्शुल्क भोजन गराउँदै आएको संस्थाले आजदेखि गण्डक र परवानीपुरमा पनि निश्शुल्क भोजन शुरू गरेको छ। साहिब दरबार सेवा संस्थान वीरगंजका अध्यक्ष राजेशमान सिंहले […]
सालको गोलिया, साइकल बरामद
प्रस, पंचगावाँ, १३ भदौ/ पटेर्वासुगौली गाउँपालिका–२ बैजनाथपुरबाट दुई थान सालको गोलिया काठ बरामद भएको छ। राष्ट्रिय जङ्गलबाट वन पँmडानी गरी साइकलमा गोलिया काठ भित्र्याउने क्रममा बरामद गरिएको सबडिभिजन वन कार्यालय रङ्गपुर टाँडीका सुबेदार प्रदीप तिमल्सिनाले बताए। वन टोलीलाई देखेर तस्कर साइकल छाडेर भागेको र बरामद गोलिया, साइकललाई वन कार्यालयमा ल्याएर राखिएको सुबेदार तिमल्सिनाले बताए।