पर्सा/बारामा दुई महिलासहित १७५ जनाद्वारा रक्तदान

0
294

प्रस, पंचगावाँ, १३ भदौ/
    पर्सा र बारामा गरी दुई स्थानमा शनिवार भएको रक्तदान कार्यक्रममा दुईजना महिलासहित १७५ जनाले रक्तदान गरेका छन्।
    पर्साको सखुवाप्रसौनी गाउँपालिका–६ लखनपुरमा श्रीराम युवा क्लब लखनपुरले शनिवार आयोजना गरेको रक्तदान कार्यक्रममा एकजना महिलासहित १८ जनाले रक्तदान गरेका थिए।
    जसवन्त यादव, अर्जुन तेली, सुरेन्द्र साह, साहेब साहलगायतले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्रमुख सौरभराज पाण्डेले बताए।
    कोभिड–१९ महामारीको कारण रक्तसञ्चार केन्द्र वीरगंजमा रगतको अभाव नहोस् भनी रक्तदान कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष धर्मदेव साहले बताए। कार्यक्रम सखुवाप्रसौनी गापा–६ का समाजसेवी हरिन्द्र साह तेलीको प्रमुख आतिथ्यमा भएको थियो।
    यसैगरी, बारा जिल्लाको प्रसौनी गाउँपालिकामा आयोजित रक्तदान कार्यक्रममा एकजना महिलासहित १५७ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजकी प्राविधिक डिल्लीमाया घिमिरेले बताइन्।
    जनता समाजवादी पार्टी नेपाल, प्रसौनीको आयोजना र न्यू स्टार नेशनल युवा क्लब प्रसौनीकोे सहकार्यमा भएको रक्तदान कार्यक्रमको उद्घाटन गापा अध्यक्ष भोलाप्रसाद गुप्ताले गरेका थिए। वडा नं. ४ खुटवा जब्दी बथानी चोकमा भएको रक्तदान कार्यक्रममा समिता देवी, सलमान खान, सगीर हवारी, शनि, दीपक, निकु, राधेश्याम, प्रमोद, मनजीत महानन्द, सुनील कुमारलगायतले रक्तदान गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here