ठोरी गापा–१ एक साताको लागि सिल

चिरञ्जीवी सापकोटा, ठोरी, १३ भदौ/
    ठोरी गाउँपालिका–१ पुनः एक साताको लागि सिल गरिने भएको छ। शनिवार ठोरी गापा–१ का वडाध्यक्ष रामप्रकाश कुँवरको अध्यक्षतामा वडा कार्यालयमा बसेको सर्वपक्षीय बैठकले भदौ २० गतेसम्म वडा सिल गर्ने निर्णय गरेको छ।
    यो अवधिमा खाद्यान्न पसलहरू बिहान ११ देखि २ बजेसम्म खोल्ने र बाँकी समय बन्द गर्नुपर्ने निर्णय गरिएको वडासदस्य रविन तिमल्सिनाले बताए।
    यसअघि भदौ ७ देखि १३ गतेसम्म वडा सिल गर्ने निर्णय गरिएकोमा कोरोना सङ्क्रमण बढ्दै गएपछि शनिवारदेखि पुनः भदौ २० गतेसम्मका लागि वडा सिल गर्ने निर्णय गरिएको हो।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्