५० जना सङ्क्रमित थपिए

0
247

प्रस, वीरगंज, १३ भदौ/
    शुक्रवार राति पर्सा, बारा, रौतहट, महोत्तरी, धनुषा, सर्लाहीका गरी ५० जना सङ्क्रमित थपिएका छन्।
    नारायणी अस्पतालको प्रयोगशालामा ४४३ जनाको स्वाब परीक्षण गरिएकोमा ५० जनामा सङ्क्रमण पुष्टि भएको हो।
    सङ्क्रमितहरूमा पर्सा जिल्लाका ३१, बाराका ८, धनुषाका ४, महोत्तरीका ३, सर्लाहीका २, रौतहट र काठमाडौंका १/१ जना छन्। पर्सा जिल्लाको पोखरिया नगरपालिकाका १० जना, कालिकामाई गापाका ३ जना र बाँकी वीरगंज महानगरपालिकाका विभिन्न वडाका १८ जना रहेको अस्पतालका प्रवक्ता डा अतुलेश चौरसियाले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here