बरहथवामा डुबेर दुईजनाको मृत्यु
प्रस, सर्लाही, ११ भदौ/ सर्लाहीको बरहथवा नगरपालिकामा बिहीवार बिहान दुईजनाको डुबेर ज्यान गएको छ। मृत्यु हुनेमा बरहथवा–३ हरजरियाका नवीनकुमार महतोकी ३ वर्षीया छोरी पूनमकुमारी र सोही नगरपालिका वडा नं ९ मूर्तियाका रामबाबू महतोकी १७ वर्षीया छोरी पूनमकुमारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। तीन वर्षकी बालिका घरनजीकै गाडेको चापाकलको पानीले भरिएको खाल्डोमा डुबेर मृत्यु […]
राजविराजमा फूड बैंक सञ्चालन
प्रस, सिराहा, ११ भदौ/ सिराहा युनाइटेड संस्थामा आबद्ध युवाहरूले राजविराजमा ‘फूड बैंक’ स्थापना गरेका छन्। जारी निषेधाज्ञाका कारण समस्यामा परेका विपन्न र रोजगार गुमाएका परिवारलाई लक्षित गरी जिल्ला सदरमुकाममा ‘फूड बैंक’ स्थापना गरिएको उनीहरूले बताएका छन्। ‘छ भने दिएर जानुस्, चाहियो भने लिएर जानुस्’ भन्ने नारासहित युवाहरूले शुरू गरेको फूड बैंकबाट दैनिक १०/१२ जनाले खाद्यान्नलगायतका […]
१४ घण्टाभित्र सङ्क्रमित गर्भवती महिलासहित चारजनाको मृत्यु
राधेश्याम पटेल, वीरगंज, ११ भदौ/ वीरगंजका दुईवटा अस्पतालमा पछिल्लो १४ घण्टामा चारजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तीनजना कोभिड– १९ का उपचाररत बिरामी हुन् भने एकजनाको शङ्कास्पद मृत्यु भएको छ। बुधवार साँझ ६ बजेर २२ मिनेटदेखि बिहीवार बिहान साढे ८ बजेसम्म चारजनाको मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा अतुलेश चौरसियाले जानकारी गराएका छन्। हिजो साँझ […]
वीरगंजमा ५१० नमूना परीक्षणमा ३३ जना सङ्क्रमित
प्रस, परवानीपुर, ११ भदौ/ नारायणी अस्पताल वीरगंजमा पछिल्लोपटक भएको कोरोना सङ्क्रमण परीक्षणमा सङ्क्रमितको सङ्ख्या घट्दो क्रममा भेटिंदै गएको छ। यो वीरगंज र पर्सा, बारा, रौतहटका लागि सुखद पक्ष हो। लगातार चार दिनदेखि सङ्क्रमण दर कुल परीक्षणको तुलनामा १३ प्रतिशतमुनि देखिएको छ। भदौ १० गते अबेर राति नारायणी अस्पतालले सार्वजनिक गरेको पिसिआर रिपोर्ट अनुसार पर्सा, बारा […]
रानीपोखरीबाट २० जना सङ्क्रमित डिस्चार्ज
प्रस, वीरगंज, ११ भदौ/ वीरगंज बसपार्कमा सामुदायिक आइसोलेशन केन्द्रको रूपमा सञ्चालित रानीपोखरी होटलबाट बुधवार राति २० जना सङ्क्रमित निको भई डिस्चार्ज भएका छन्। कुल ७७ जना सङ्क्रमितमध्ये ५ दिनअघि २० जना निको भएर घर फर्केका थिए भने बुधवार पनि वीरगंजका विभिन्न वडाका २० जना सङ्क्रमित निको भएर घर फर्केका आइसोलेशन प्रबन्धक दिलीपराज कार्कीले जानकारी गराएका […]
रौतहटका थुनुवाको मृत्यु, हत्याको आरोप
प्रस, रौतहट, ११ भदौ/ रौतहट प्रहरीको एकजना थुनुवाको वीरगंजमा उपचारको क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा रौतहटका २५ वर्षीय युवक विजयमहरा चमार रहेका छन्। उनको वीरगंज, नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचारको क्रममा गएराति ११ बजे मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालका प्रबन्ध निर्देशक बसरूद्दीन अन्सारीले ६ दिनदेखि […]
डेढ महीनाभित्र दोस्रोपटक सङ्क्रमण
प्रस, वीरगंज, ११ भदौ/ हङकङमा एकजना निको भएका सङ्क्रमित पुनः सङ्क्रमित भएको केही दिनअघि समाचार आएको थियो। वीरगंजमा पनि निको भएकी एकजना ३६ वर्षीया नर्स डेढ महीनाकै अवधिमा दोस्रोपटक सङ्क्रमित भएको घटनाले नेपालकै चिकित्साजगत्लाई झस्काएको छ। नारायणी अस्पतालको आइसियू वार्डमा कार्यरत ३६ वर्षीया स्टाफ नर्स भदौ १० गते राति दोस्रोपटक सङ्क्रमित भएको पुष्टि भएको हो। […]
सम्पत्ति विवरण बुझाउनेहरूको भीड
प्रस, परवानीपुर, ११ भदौ/ निषेधाज्ञा जारी रहँदा पर्सा जिल्लामा सम्पत्ति विवरण बुझाउने अन्तिम म्याद भदौ १२ गतेसम्म रहेको छ। जिल्ला हुलाक कार्यालयमा स्थायी कर्मचारीहरूले सम्पत्ति विवरण फाराम भरेर दर्ता गराइरहेका छन्। जिल्ला हुलाक कार्यालय पर्साले सूचना सार्वजनिक गर्दै भदौ १२ गतेदेखि कर्मचारीहरूको सम्पत्ति विवरण दर्ता नगरिने जनाएपछि अहिले जिल्ला हुलाक कार्यालयमा सम्पत्ति विवरण दर्ता गराउनेहरूको […]
कोरोनाको कहर : उद्योगमा असर
– शीतल महतो तीव्ररूपमा फैलिंदै गएको कोरोना महामारीले विश्व अर्थतन्त्रमा अपूरणीय क्षति पु–याएको छ। यसले गर्दा विश्वको उत्पादन तथा आपूर्ति शृङ्खला खल्बलिएको छ। करोडौं श्रमिकको रोजगार जोखिममा परेको छ। यो महामारीका कारण विश्वको अर्थतन्त्र मन्दीको सँघारमा पुगेको छ। नेपालको आर्थिक क्रियाकलापमा समेत यसले गम्भीर असर पारेको छ। कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको […]
कोरोना–सङ्कटबाट अर्थतन्त्र कसरी जोगाउने ?
– विश्वराज अधिकारी कोरोना सङ्क्रमणको विस्तार अपेक्षाकृत नियन्त्रण हुन सकेको छैन। हुनत अन्य राष्ट्रको स्थिति हेर्दा कोरोना सङ्क्रमण नेपालमा भयावह स्थितिमा भने छैन। एक किसिमले नियन्त्रणको स्थितिमा छ। तर कोरोना सङ्क्रमणको प्रत्यक्ष तथा अप्रत्यक्ष असरले गर्दा नेपालको आर्थिक स्थिति भने नराम्ररी प्रभावित हुन पुगेको छ। शहर होस् वा गाउँ, धेरै गरीब परिवारले दुई छाक खान […]