प्रस, परवानीपुर, ११ भदौ/
    निषेधाज्ञा जारी रहँदा पर्सा जिल्लामा सम्पत्ति विवरण बुझाउने अन्तिम म्याद भदौ १२ गतेसम्म रहेको छ।
    जिल्ला हुलाक कार्यालयमा स्थायी कर्मचारीहरूले सम्पत्ति विवरण फाराम भरेर दर्ता गराइरहेका छन्। जिल्ला हुलाक कार्यालय पर्साले सूचना सार्वजनिक गर्दै भदौ १२ गतेदेखि कर्मचारीहरूको सम्पत्ति विवरण दर्ता नगरिने जनाएपछि अहिले जिल्ला हुलाक कार्यालयमा सम्पत्ति विवरण दर्ता गराउनेहरूको दैनिक भीडभाड लागिरहेको छ। भदौ ३ गते कार्यालयले सूचना निकाल्दै देशमा कोरोना सङ्कटको कारण डाँक ढुवानीमा असर परेको भन्दै भदौ १२ गतेपछि सम्पत्ति विवरण दर्ता नगर्ने जनाएको छ। सार्वजनिक पद धारण गरेका व्यक्ति, कर्मचारीले हरेक वर्ष भदौ मसान्तमा सम्पत्ति विवरण बुझाउने गरेका छन्। अहिले पर्सामा जारी निषेधाज्ञाको कारण अधिकांश कार्मचारीले सम्पत्ति विवरण सम्बन्धित कार्यालयमा र सम्बन्धित कार्यालयले हुलाक कार्यालयमार्फत् सम्पत्ति विवरण फाराम बुझाउन असमर्थ छन्। समयमा सम्पत्ति विवरण नबुझाउने कर्मचारीलाई राज्यले जरिवाना असुल उपर गर्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here