राजविराजमा फूड बैंक सञ्चालन

प्रस, सिराहा, ११ भदौ/
    सिराहा युनाइटेड संस्थामा आबद्ध युवाहरूले राजविराजमा ‘फूड बैंक’ स्थापना गरेका छन्।  जारी निषेधाज्ञाका कारण समस्यामा परेका विपन्न र रोजगार गुमाएका परिवारलाई लक्षित गरी जिल्ला सदरमुकाममा ‘फूड बैंक’ स्थापना गरिएको उनीहरूले बताएका छन्।
    ‘छ भने दिएर जानुस्, चाहियो भने लिएर जानुस्’ भन्ने नारासहित युवाहरूले शुरू गरेको फूड बैंकबाट दैनिक १०/१२ जनाले खाद्यान्नलगायतका आवश्यक सामग्री लिएर जाने र सोही अनुपातमा दाताहरूले पनि दैनिक उपभोग्य सामग्रीहरू दिएर जाने गरेको संस्थाका अगुवा रोशन गुप्ताले बताए। लकडाउन र निषेधाज्ञाका कारण मारमा परेका विपन्न र मजदूर परिवारलाई भोकै बस्नुनपरोस् भन्ने आफूहरूको उद्देश्य रहेको युवा समूहका सदस्यहरूले बताए।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्