पर्सामा सीमा सिलः आवतजावत खुला

प्रमोद यादव, पंचगावाँ, ११ भदौ/    ६ महीनादेखि लकडाउन, निषेधाज्ञा जारी भएसँगै नेपालको भारतसँगको सीमा सिल भएपनि खुला सीमाबाट मानिसहरूको आवतजावत र सामान ल्याउने–लैजाने क्रम जारी छ।    सीमा सिल भएको कारण मूल सडकबाट मानिसहरूको आवतजावत नभए पनि खेत र खुला सीमाका अन्य क्षेत्रबाट जाने र आउने क्रम यथावत् छ। अहिले सीमा आरपार गर्नेहरू क्वारेन्टाइनमा बस्नुपरेको छैन। […]

लकडाउनको विकल्प छैन –प्रजिअ तामाङ

प्रस, वीरगंज, ११ भदौ/    प्रमुख जिल्ला अधिकारी आसमान तामाङले पर्सामा लकडाउनको विकल्प नरहेको बताएका छन्।    बिहीवार सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै प्रजिअ तामाङले वीरगंजमा बढ्दो सङ्क्रमितको अवस्था र नियन्त्रणको लागि सर्वसाधारण, व्यापारी, सञ्चारकर्मीहरूको भूमिकाबारे छलफल गरेका थिए। छलफलमा उनले पर्सा जिल्लामा लकडाउनको मोडालिटी चेन्ज गर्ने बताए।      वीरगंजमा १३ गतेदेखि निषेधाज्ञा समाप्त हुँदैछ र निषेधाज्ञा कायम राख्ने […]

सङ्क्रमित वडाध्यक्ष घरमैं पञ्चायती गर्छन्

प्रस, पोखरिया, ११ भदौ/पोखरिया नगरपालिका–४ का वडाध्यक्ष लक्ष्मणसाह कानू कोरोना सङ्क्रमित भए पनि गाउँटोलको पञ्चायती गर्दैछन्।वडाध्यक्ष कानू यस अवस्थामा पनि पञ्चायती नगरी धरै नपाएको बताउँछन्। सङ्क्रमित भई घरमा आइसोलेट भएर बसेको अवस्थामा टोलवासी समस्या लिएर आउने र त्यसको समाधान गर्नुपर्ने बाध्यता भएको उनले बताए। घरमा आउनेलाई सङ्क्रमित छु भन्दा पनि पत्याउँदैनन् र समस्या समाधान गर्न […]

अट्ठाइस लाखसहित एकजना पक्राउ

प्रस, रौतहट, ११ भदौ/    स्रोत नखुलेको रु २८ लाख ५१ हजारसहित एकजनालाई सशस्त्र प्रहरी बल रौतहटले पक्राउ गरेको छ।    बिहीवार बिहान ७ः१५ बजे ईशनाथ नगरपालिका–९ लवतनाटोलनजीक भारतीय नं.को मोटरसाइकलमा भारतबाट नेपालतर्फ आइरहेका राजपुर नगरपालिका–९ बैरिया बस्ने २० वर्षीय दिलीपकुमार साहलाई चेकजाँचको क्रममा निजसँग सो नगद फेला परेको सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण रौतहटका […]

निजी अस्पतालका चिकित्सकको आन्दोलन भदौ १४ सम्म ट–यो

प्रस, वीरगंज, ११ भदौ/    वीरगंजमा निजी अस्पतालहरूमा कार्यरत एमबिबिएस चिकित्सकहरूले भदौ १४ गतेसम्मको लागि आन्दोलन स्थगित गरेका छन्।    एमबिबिएस चिकित्सकका अध्यक्ष डा सरोज साह र निजी अस्पतालहरूको संस्था अफिमका अध्यक्ष्F रामराज श्रेष्ठ, नेपाल मेडिकल एशोसिएशन नारायणीका महासचिव डा उदयनारायण सिंह र जिल्ला प्रशासन कार्यालय, पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङको सहभागितामा सम्पन्न बैठकबाट भदौ १४ […]

पर्सा र रौतहटमा करेन्ट लागेर दुईजनाको मृत्यु

प्रस, पंचगावाँ, ११ भदौ/    सखुवापरसौनी गाउँपालिकामा गएराति करेन्ट लागेर टेलिकम कर्मचारीको मृत्यु भएको छ।    सखुवापरसौनी गापा–३ कौवावन कटैयामा टेलिफोनको टावरमा विद्युतीय तार जडान गर्ने क्रममा सनसाइन गु्रप नेपालका कर्मचारी मोरङ जिल्ला विराटनगर महानगरपालिका–३५ का वर्षीय हरि थापाको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।    इलाका प्रहरी कार्यालय, पटेर्वासुगौलीका प्रहरी निरीक्षक दीपक चोरवारले थापा करेन्ट लागेर […]

पोखरिया अस्पतालबाट १० जना डिस्चार्ज

प्रस, पोखरिया, ११ भदौ/    पोखरिया अस्पतालको आइसोलेशनमा रहेका सङ्क्रमितमध्ये १० जनाको रिपोर्ट नेगेटिभ आएपछि घर फर्केका छन्।    बिहीवार उनीहरूको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो। अस्पतालका १६ जना स्वास्थ्यकर्मीमध्ये बिहीवार दुईजनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ। यसैगरी, एकजना वडा सदस्य, एकजना सञ्चारकर्मी र एकजना १२ वर्षीया बालिकासहित १० जनाको रिपोर्ट नेगेटिभ आएको र उनीहरूलाई होम क्वारेन्टाइनमा […]

सन्दीपले दुर्ई विकेट लिएको खेलमा जमैका पराजित

काठमाडौं, ११ भदौ/राससलेग स्पिनर सन्दीप लामिछानेले दुर्ई विकेट लिए पनि उनको टोली जमैका तलाबाज भने क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत बिहीवार भएको खेलमा पराजित भएको छ। ट्रिनिडाड एन्ड टोबेगामा आफ्नो पाँचौं खेलमा सन्दीपले उत्कृष्ट खेल प्रदर्शन गर्दै दुर्ई विकेट लिएका थिए।सन्दीपको टोली जमैका भने बर्बाडोस ट्राइडेन्ससित ३६ रनले पराजित भएको छ। उक्त खेलमा […]

मरेको कुखुरा गाडेर नष्ट

प्रस, पर्सागढी, ११ भदौ/    मरेको कुखुरा लगिरहेका एकजनालाई स्थानीयले समातेर प्रहरीको जिम्मा लगाएका छन्।    पर्सागढी नगरपालिका–८ रमौलीस्थित शिवम् ह्याचरीबाट बुधवार साँझ मरेको कुखुरा लगिरहेका वीरगंज महानगरपालिका–३१ मिलनचोकका शौकत अलिलाई रमौलीका युवाले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय, एकटाँगामा बुझाएका थिए। प्रहरीले अलिले ल्याएको मरेको कुखुरा सोही ठाउँमा गाडेर नष्ट गरेको थियो। अलिले मरेको कुखुरा मौरी जातको […]

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।