सिटी भ्यालुसहित पिसिआर रिपोर्ट

राधेश्याम पटेल, वीरगंज, १० भदौ/    नारायणी अस्पताल पिसिआर प्रयोगशाला वीरगंजले बहुप्रतीक्षित मानिएको सिटी भ्यालु (साइकल थ्रेसहोल्ड)सहितको पिसिआर रिपोर्ट दिन शुरू गरेको छ।    नारायणी अस्पतालका नयाँ मेडिकल सुपरिटेन्डेन्ट डा सञ्जयकुमार ठाकुरको सक्रियतामा सिटी भ्यालुसहितको पिसिआर रिपोर्ट दिन सुरुआत गरिएको हो।    वीरगंज आएपछि जनसमुदायसँग गरिएको जूम छलफलमा चौतर्फीरूपमा पिसिआर रिपोर्टमा सिटी भ्यालु उल्लेख गरेर दिंदा सङ्क्रमितको वर्गीकरण […]

५ मिनेटमा दुई दिने गोष्ठी सम्पन्न, एक लाख झ्वाम

प्रस, पोखरिया, १० भदौ/    पोखरिया नगरपालिका स्वास्थ्य शाखाले निषेधाज्ञाको समयमा दुई दिने गोष्ठी ५ मिनेटमा सम्पन्न गरी रु १ लाख १ हजार कुम्ल्याएको छ।    निषेधाज्ञामा भेला, सभा, सम्मेलन, गोष्ठी, समारोह गर्न निषेध छ तर पोखरिया नपा स्वास्थ्य शाखाले सङ्क्रमण नियन्त्रण कार्यशाला गोष्ठी पोखरिया अस्पतालको सभाहलमा आयोजना गरेको देखाएर सोबापतको रु १ लाख १ हजार कुम्ल्याएको […]

निषेधाज्ञामा तीनवटा पसललाई जरिवाना

प्रस, वीरगंज, १० भदौ/वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले बुधवार माईस्थान बजार अनुगमन गर्दै तीनवटा पसललाई कारबाई गरेको छ।वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय, पर्साको संयुक्त अनुगमन टोलीले माईस्थानस्थित विभिन्न तरकारी तथा फलफूल पसलहरूको अनुगमन गर्ने क्रममा मूल्य सूची नराख्ने, खरीद–बिक्री बिल उपलब्ध गराउन नसक्ने तीनवटा पसललाई जरिवाना […]

पोखरियामा स्वाब सङ्कलनमा समस्या

प्रस, पोखरिया, १० भदौ/    पोखरिया नगरपालिकामा सङ्क्रमितहरूको कन्ट्याक्ट टे«सिङमा परेकाहरूको स्वाब सङ्कलन बुधवारदेखि शुरू भएको छ।    ६५ जना सङ्क्रमित रहेको पोखरिया नगरपालिकामा सङ्क्रमितको कन्ट्याक्ट टे«सिङमा २०४ जना परेको स्वास्थ्य शाखा प्रमुख कौशलेन्द्र मिश्रले बताए। उनले आज वडा नं. ४ मा १५ जनाको स्वाब नमूना सङ्कलन गरिएको बताए। सङ्क्रमितको कन्ट्याक्ट टे«सिङमा रहेका ३३ जनामध्ये १५ जनाले […]

तीन वर्षपछि प्रयोगशाला सञ्चालनमा

प्रस, पंचगावाँ, १० भदौ/    धोबिनी गाउँपालिका–२ स्थित प्राथमिक स्वास्थ्य केन्द्र भिखमपुरमा प्रयोगशाला सञ्चालनमा आएको छ।    विगत तीन वर्षदेखि ट्रान्सफर्मर बिग्रिएको कारण प्रयोगशालाको काम रोकिएको थियो।    विद्युत् अभावमा प्रयोगशालाका साथै अस्पतालले दिने अन्य सेवाहरू पनि प्रभावित थिए। भिखमपुर जनसामुदायिक विकास केन्द्रको पहलमा  नेपाल विद्युत् प्राधिकरण हेटौंडाले ट्रान्सफर्मर उपलब्ध गराएपछि बुधवारदेखि समस्या समाधान भएको हो।    क्लबले ट्रान्सफर्मर […]

औषधि बरामद

प्रस, पोखरिया, १० भदौ/    सशस्त्र प्रहरीले २ लाख मूल्यबराबरको भन्सार छली भित्रिएको औषधि बरामद गरेको छ।    सशस्त्र प्रहरी प्रमोद पटेल कमान्डको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकल चेकजाँच गर्ने क्रममा औषधि बरामद भएको हो। सशस्त्र प्रहरीलाई देखेर मोटरसाइकल चालक फरार भएको सशस्त्र प्रहरी घनश्याम पोखरेलले बताए। विभिन्न प्रकारका औषधि बरामद भएको उनले बताए।

मेशिनरी पार्टपुर्जा बरामद

प्रस, पंचगावाँ, १० भदौ/भन्सार छली भित्र्याइएको करीब दुई लाख मूल्यबराबरको मेशिनरी पार्टपुर्जा सशस्त्र प्रहरीले बरामद गरेको छ।पर्सा जिल्ला जगरनाथपुर गाउँपालिका–२ पाँडेपुरस्थित सशस्त्र प्रहरी बल भिखमपुरले भारतबाट भित्र्याइएको धान काट्ने मेशिनमा प्रयोग हुने पार्टपुर्जा र दुईटा ब्याट्री बरामद गरेको छ। आज बिहान ५ बजे सामान बरामद गरिएको र बरामद सामान वीरगंज भन्सार कार्यालय पठाइएको सप्रनि किसमान […]

निश्शुल्क अक्सिजन सेवा शुरू

प्रस, वीरगंज, १० भदौ/    लायन्स क्लब इन्टरनेशनलका पूर्व अन्तर्राष्ट्रिय अध्यक्ष लायन रोहित मेहताको ९१औं जन्मदिनको अवसरमा वीरगंजमा निश्शुल्क अक्सिजन सेवा शुरू भएको छ। होम आइसोलेशनमा बसेका सङ्क्रमितलाई लक्षित गरी सामुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वीरगंजमा बुधवारदेखि ‘लायन्स अक्सिजन बैंक’को स्थापना भएको हो।    समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएपछि आर्थिक अवस्था कमजोर भएका सङ्क्रमितहरूलाई लक्षित गरी वीरगंजका लायन्स क्लबहरूको […]

स्वास्थ्यकर्मी सङ्क्रमित भएपछि खोप प्रभावित

प्रस, पोखरिया, १० भदौ/    पोखरिया अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीहरू सङ्क्रमित भएपछि यस महीनाको खोप सेवा प्रभावित भएको छ।    प्रत्येक महीना जन्मेदेखि ५ वर्षमुनिका बालबालिकाहरूलाई पोखरिया अस्पतालमा १२ किसिमका रोगको लागि आठ किसिमका खोप दिने गरिन्थ्यो। यसअघि लकडाउन, निषेधाज्ञामा खोप सेवा नियमित थियो। प्रत्येक महीना २ देखि ९ गतेसम्म खोप दिइन्थ्यो। गत महीना १ हजार १ सय […]