पोखरियामा स्वाब सङ्कलनमा समस्या

प्रस, पोखरिया, १० भदौ/
    पोखरिया नगरपालिकामा सङ्क्रमितहरूको कन्ट्याक्ट टे«सिङमा परेकाहरूको स्वाब सङ्कलन बुधवारदेखि शुरू भएको छ।
    ६५ जना सङ्क्रमित रहेको पोखरिया नगरपालिकामा सङ्क्रमितको कन्ट्याक्ट टे«सिङमा २०४ जना परेको स्वास्थ्य शाखा प्रमुख कौशलेन्द्र मिश्रले बताए। उनले आज वडा नं. ४ मा १५ जनाको स्वाब नमूना सङ्कलन गरिएको बताए। सङ्क्रमितको कन्ट्याक्ट टे«सिङमा रहेका ३३ जनामध्ये १५ जनाले मात्र स्वाब दिएका थिए। बाँकीले घरमैं आएर स्वाब सङ्कलन गर्न अडान लिएका कारण स्वाब नमूना सङ्कलन हुन सकेन। वडाको एक ठाउँमा स्वाब नमूना सङ्कलनको व्यवस्था गरिएको थियो। तर आधाभन्दा बढी सङ्क्रमितले घरमा आई स्वाब नमूना लिनुपर्ने अडान लिएपछि उनीहरूको स्वाब सङ्कलन भएन।
    यसैगरी, वडा नं. ५ मा  सङ्क्रमितको कन्ट्याक्ट टे«सिङमा ३० जना परेका छन्।
    उनीहरूले स्वाब नमूना दिन मानेनन्। पिसिआर परीक्षण रिपोर्ट गलत आइरहेको भन्दै उनीहरूले स्वाब दिन मानेनन्। पोखरियामा भदौ २३ गते चारजना सङ्क्रमित पुष्टि भएका थिए। उनीहरूको पहिलो स्वाब नमूना रिपोर्ट पुनः पोजेटिभ आएको छ। अन्य सङ्क्रमितहरूको आजदेखि स्वाब लिन शुरू गरिएको छ। पहिलो चरणमा भदौ ३१ गते ३३ जना सङ्क्रमित भएकामध्ये बुधवार १० जनाको स्वाब सङ्कलन गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here