प्रस, वीरगंज, १० भदौ/
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले बुधवार माईस्थान बजार अनुगमन गर्दै तीनवटा पसललाई कारबाई गरेको छ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय, पर्साको संयुक्त अनुगमन टोलीले माईस्थानस्थित विभिन्न तरकारी तथा फलफूल पसलहरूको अनुगमन गर्ने क्रममा मूल्य सूची नराख्ने, खरीद–बिक्री बिल उपलब्ध गराउन नसक्ने तीनवटा पसललाई जरिवाना तिर्न लगाएको छ।
संयुक्त अनुगमन टोलीले मीनाबजारस्थित चन्द्रकिशोर टे«डर्सलाई रु २० हजार, शिवदेवी टे«डर्सलाई रु २० हजार र माँ जगदम्बा फ्रुट सेन्टरलाई रु १० हजार जरिवाना तिर्न लगाएको हो।
अनुगमन टोलीले कोरोना महामारीको विषम परिस्थितिमा कहींकतै कुनै वस्तुको कालोबजारी तथा मूल्यवृद्धि गरी बिक्री गरेको प्रमाणसहित daoparsa1@gmail.com उजूरी गर्न अनुरोधसमेत गरेको छ।
