स्वास्थ्यकर्मी सङ्क्रमित भएपछि खोप प्रभावित

0

प्रस, पोखरिया, १० भदौ/
    पोखरिया अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीहरू सङ्क्रमित भएपछि यस महीनाको खोप सेवा प्रभावित भएको छ।
    प्रत्येक महीना जन्मेदेखि ५ वर्षमुनिका बालबालिकाहरूलाई पोखरिया अस्पतालमा १२ किसिमका रोगको लागि आठ किसिमका खोप दिने गरिन्थ्यो। यसअघि लकडाउन, निषेधाज्ञामा खोप सेवा नियमित थियो। प्रत्येक महीना २ देखि ९ गतेसम्म खोप दिइन्थ्यो। गत महीना १ हजार १ सय बालबालिकालाई खोप दिइएको अनमी दीपिका सिंहले बताइन्। उनले यो महीना १६ जना चिकित्सकसहित स्वास्थ्यकर्मी कोरोना सङ्क्रमित भएपछि खोप सेवा बन्द गरिएको बताइन्। भदौ महीनामा सङ्क्रमित सङ्ख्या बढेर सेवा दिन नसकिएको उनले बताइन्।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here