प्रदेश २ का मन्त्री कोरोना सङ्क्रमणबाट मुक्त
प्रस, जनकपुरधाम, ३ भदौ/ प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादव बुधवार कोरोना मुक्त भएका छन्। पछिल्लोपटक गरिएको पिसिआर परीक्षणमा मन्त्री यादवको रिपोर्ट नेगेटिभ आएको प्रादेशिक प्रयोगशाला धनुषाले जनाएको छ । उनले अझै केही दिन काममा नफर्कने र होम आइसोलेशनमैं आराम गर्ने जानकारी दिएका छन्। आफू सङ्क्रमित भएपछि होम आइसोलेशनमा नै बसेर पोषिलो […]
जुवाको खालबाट १२ जना पक्राउ
प्रस, सिराहा, ३ भदौ/ सिराहाको धनगढीमाई नगरपालिका वडा नं. १३ भाल्टाबाट जुवा खेलिरहेको अवस्थामा १२ जना पक्राउ परेका छन्। गोप्य सूचनाको आधारमा मङ्गलवार राति इलाका प्रहरी कार्यालय लहान र गोलबजारबाट खटिएको प्रहरीको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो। भाल्टास्थित मदनबहादुर राईको घरमा कौडा खेलिरहेको अवस्थामा दसी प्रमाणसहित १२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी […]
प्रनाउसहित सातजनामा सङ्क्रमण
प्रस, सिराहा, ३ भदौ/ सिराहास्थित नेपाल प्रहरीका एकजना प्रहरी नायब उपरीक्षकसहित थप सातजनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रनाउसहित चारजना प्रहरी कर्मचारी, एक थुनुवा, मिर्चैयास्थित नेपाल बङ्गलादेश बैंकका एक कर्मचारी र मिर्चैया नगरपालिका–४ का एकजना महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सिराहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिएका […]
मकवानपुर र चितवनमा दुईजनाको मृत्यु
प्रस, मकवानपुर, ३ भदौ/ हेटौंडा–४ स्थित आइसोलेशनमा उपचाररत एकजना पुरुषको मङ्गलवार राति मृत्यु भएको छ। हेटौंडा उपमहानगरपालिका–१ का ६१ वर्षीय पुरुषको मृत्यु भएको आइसोलेशन कक्षका इन्चार्ज भोला चौलागाईंले जानकारी दिएका छन्। मृत्युपछि गरिएको स्वाबको पिसिआर परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएको हो। लामो समयदेखि उच्च रक्तचाप र मिर्गौला रोगबाट पीडित उनको कोरोनाबाट हेटौंडामा ज्यान गएको यो […]
मदर्सामा आइसोलेशन सञ्चालनको तयारी
प्रस, बारा, ३ भदौ/ जीतपुरसिमरा उपमहानगरपालिका–२३ स्थित मदर्सामा आइसोलेशन निर्माण शुरू भएको छ। दुई दिनभित्र व्यवस्थापन कार्य सम्पन्न गरी ३० शय्या क्षमताको आइसोलेशन सञ्चालन गर्ने योजना रहेको स्थानीय बासिन्दाहरूले बताएका छन्। कोरोना भाइरसका सङ्क्रमितहरूको सङ्ख्या बढेसँगै जीतपुरसिमरा क्षेत्रमा आइसोलेशनको अभाव छ। आइसोलेशन अभावको कारण सो क्षेत्रका ९ जना सङ्क्रमितमध्ये दुईजना जिल्ला सदरमुकाम कलैयास्थित आइसोलेशनमा, दुईजना […]
कुश उखेल्न जाँदा बुद्धको मूर्ति फेला
प्रस, महोत्तरी, ३ भदौ/ कुशेऔंसीका दिन बुधवार कुश उखेल्न गएका महोत्तरी बथनाहाका डोमा सदाले प्राचीन बुद्धको मूर्ति फेला पारेका छन्। महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिका–९ स्थित बथनाहा गाउँबाट नेपाल–भारत सीमा भएर बग्ने टेकुना नदीमा मङ्गलवार बिहान बुद्धको मूर्ति फेला परेको सदाले बताएका छन्। घरघरमा कुश भित्र्याउने कुशेऔंसीका दिन आज बिहानै सीमावर्ती वनमा कुश उखेल्न पुगेका बथनाहाका […]
सर्लाहीको हरिपुर १५ दिनको लागि सिल
प्रस, सर्लाही, ३ भदौ/ सर्लाही जिल्लाको हरिपुर नगरपालिका १५ दिनसम्मका लागि सिल भएको छ। हरिपुर नगरपालिकामा कोभिड–१९ का सङ्क्रमितहरूको सङ्ख्या बढ्न थालेपछि नगरपालिकाले सूचना जारी गर्दै बुधवारदेखि १५ दिनसम्मको लागि सिल गरेको हो। नगरपालिकाले मङ्गलवार सूचना जारी गर्दै नगरभित्रका अत्यावश्यक सेवाबाहेकका अन्य सेवाहरू बुधवारदेखि १५ दिनसम्मको लागि बन्द गर्ने निर्णय गरिएको हरिपुर नगरपालिकाका प्रमुख […]
कुटपीटमा महिलाको मृत्यु भएपछि चारजना पक्राउ
प्रस, सिराहा, ३ भदौ/सिराहाको अर्नमा गाउँँपालिकामा बाटोको विषयमा कुटपीट हुँदा एकजना महिलाको मृत्यु भएको छ। सो अभियोगमा चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।मृत्यु हुनेमा अर्नमा गाउँँपालिका–५ कृष्णपुर बस्ने ५० वर्षीया सीतादेवी राउत रहेको प्रहरीले जनाएको छ। बाटोको विषयमा मङ्गलवार विवाद चल्दा सीतादेवीको विपक्षमा रहेका स्थानीय केही व्यक्तिले कुटपीट गरी घाइते बनाएकोमा उनको सिराहा जिल्ला अस्पतालमा उपचारको […]
कुटपीटमा महिलाको मृत्यु भएपछि चारजना पक्राउ
प्रस, सिराहा, ३ भदौ/सिराहाको अर्नमा गाउँँपालिकामा बाटोको विषयमा कुटपीट हुँदा एकजना महिलाको मृत्यु भएको छ। सो अभियोगमा चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।मृत्यु हुनेमा अर्नमा गाउँँपालिका–५ कृष्णपुर बस्ने ५० वर्षीया सीतादेवी राउत रहेको प्रहरीले जनाएको छ। बाटोको विषयमा मङ्गलवार विवाद चल्दा सीतादेवीको विपक्षमा रहेका स्थानीय केही व्यक्तिले कुटपीट गरी घाइते बनाएकोमा उनको सिराहा जिल्ला अस्पतालमा उपचारको […]
कोरोना कुन चरणमा पुग्यो
अहिले कोरोना कुन चरणमा पुग्यो, मानिस–मानिसबीच फरक मत होला। मैले हेर्दा यो तेस्रो र अन्तिम चरणमा पुगेको छ। पहिलो चरणमा यसको सङ्क्रमण देखियो, दोस्रो चरणमा यो समुदायमा विस्तार भयो र तेस्रो चरणमा यसले ज्यान लिन थाल्यो। ज्यान लिनुभन्दा माथि कुन चरण हुन सक्छ ? तेस्रो चरणपछि यसको प्रत्यागमन मात्र हुन सक्छ। प्रत्यागमन अर्थात्, यसको विनाश […]