प्रदेश २ का मन्त्री कोरोना सङ्क्रमणबाट मुक्त

0
348

प्रस, जनकपुरधाम, ३ भदौ/
    प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादव बुधवार कोरोना मुक्त भएका छन्।
    पछिल्लोपटक गरिएको पिसिआर परीक्षणमा मन्त्री यादवको रिपोर्ट  नेगेटिभ आएको प्रादेशिक प्रयोगशाला धनुषाले जनाएको छ । उनले अझै केही दिन काममा नफर्कने र होम आइसोलेशनमैं आराम गर्ने जानकारी दिएका छन्।
    आफू सङ्क्रमित भएपछि होम आइसोलेशनमा नै बसेर पोषिलो खानेकुरा खानुका साथै सकारात्मक सोच, नियमित व्यायाम गर्दै आएकोले चाँडै कोरोना मुक्त भएको मन्त्री यादवले सञ्चारकर्मीहरूसँगको कुराकानीमा बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here