प्रस, सिराहा, ३ भदौ/
सिराहास्थित नेपाल प्रहरीका एकजना प्रहरी नायब उपरीक्षकसहित थप सातजनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रनाउसहित चारजना प्रहरी कर्मचारी, एक थुनुवा, मिर्चैयास्थित नेपाल बङ्गलादेश बैंकका एक कर्मचारी र मिर्चैया नगरपालिका–४ का एकजना महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सिराहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिएका छन्।
सङ्क्रमित सबैलाई आइसोलेशनमा भर्ना गरिएको प्रमुख यादवले जानकारी गराएका छन्।
योसँगै सिराहामा कोरोना सङ्क्रमितको सङ्ख्या २७४ पुगेको छ। सोमध्ये २०९ जना कोरोनालाई जितेर घर फर्किसकेका छन्। हालसम्म कोरोना सङ्क्रमणबाट सिराहामा दुईजनाको मृत्यु भइसकेको छ।