बारामा अर्का एक प्रहरीमा कोरोना सङ्क्रमण
प्रस, पथलैया, ११ जेठ/ जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत अर्का एक प्रहरीमा कोरोना सङ्क्रमण देखिएको छ। सर्लाही घर भई बारामा कार्यरत ४९ वर्षीय प्रहरी नायब निरीक्षकमा कोरोना सङ्क्रमण देखिएको हो। यसअघि बारा जेठ ७ गते प्रहरी जवानमा कोरोना सङ्क्रमण देखिएको थियो। रौतहट घर भएका प्रहरी जवानमा कोरोना सङ्क्रमण देखिएपछि कार्यालयमा कार्यरत २५ प्रहरीसहित ४९ जनाको […]
जगरनाथपुर गापामा क्वारेन्टाइनको विरोध
प्रस, पोखरिया, ११ जेठ/ जगरनाथपुर गाउँपालिका–६ का बासिन्दाले क्वारेन्टाइन बनाउने कार्यको विरोध गरेका छन्। इलाका प्रहरी कार्यालय पोखरिया र सशस्त्र प्रहरी बेस पोखरियासमेतको टोली आइतवार दिउँसो नेरामावि सन्ठीमा क्वारेन्टाइन स्थापना गर्ने सम्बन्धमा अनुगमनमा जाँदा गाउँलेहरूले विरोध गरेका थिए। खासगरी महिलाहरूले कुचो, लाठी लिएर क्वारेन्टाइन राख्न नदिने भनी विरोध गरेका थिए।
सुकुमबासी बस्तीमा राहत वितरण
प्रस, निजगढ, ११ जेठ/ गत शुत्रवार जेठ ९ गते यस दैनिकमा निजगढ–८ सुकुमबासी बस्तीको पीडासँगै दैनिक समस्याबारे समाचार प्रकाशित भएपछि आइतवार निजगढ नगरपालिकाले २१४ घरधुरीलाई राहत सामग्री वितरण गरेको छ। आइतवार निजगढ नगरप्रमुख सुरेशकुमार खनाल र उपप्रमुख लीलादेवी लामिछानेले राहत वितरण गरेका थिए । अतिविपन्न वर्गका सुकुमबासीलाई प्रतिघरधुरी २५ किलो चामल, २ किलो दाल, २ […]
मृतकको स्वाब रिपोर्ट शङ्कास्पद देखिएपछि अन्योल
प्रस, वीरगंज, ११ जेठ/ नेशनल मेडिकल कलेजमा उपचार गर्दागर्दै मृत्यु भएका एक वृद्धको स्वाब नमूना परीक्षणको प्रारम्भिक रिपोर्ट शङ्कास्पद देखिएपछि यहाँका स्वास्थ्यकर्मी र स्थानीय प्रशासन अन्योलमा परेका छन्। यही जेठ ४ गते नेशनल मेडिकल कलेज वीरगंजमा उपचाररत एक वृद्धको मृत्यु भएकोे थियो। बारा जिल्ला घर भएका ७० वर्षीय वृद्धलाई क्षयरोग र दमसँगै पछिल्लोपटक […]
कोरोना सङ्क्रमित र तिनका परिवारमाथि भेदभाव
प्रस, वीरगंज, ११ जेठ/ कोरोना सङ्क्रमित तथा तिनका परिवारलाई गरिने भेदभावका कुरा सार्वजनिक भइरहेका बेला अहिले सङ्क्रमित क्षेत्रका बासिन्दाहरूमाथि नै भेदभाव भइरहेको प्रकाशमा आएको छ । पर्सा जिल्लामा सबैभन्दा बढी कोरोना सङ्क्रमित रहेको वडा नं ३ का साथै सङ्क्रमितहरू भेटिएका वडा नं २, १६ लगायतका क्ष्Fेत्रका मानिसहरूमाथि भेदभाव भइरहेको छ। खासगरी, वडा नं ३ का […]