प्रस, गरुडा, १ कात्तिक/
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयमा विद्यार्थीलाई बोलाएर शिक्षण सिकाइ क्रियाकलाप गर्न नभने पनि कतिपय स्थानीय तहले निर्णय नै गरेर विद्यालय सञ्चालन गरेको देखिन्छ । सर्लाहीका विभिन्न स्थानीय तहले निर्णय गरेर नै विद्यालय सञ्चालन गरेका छन् ।
सर्लाहीमैं पनि शिक्षण सिकाइ क्रियाकलापमा अलमल देखिएको छ । कतिपय विद्यालयले कक्षा १ देखि नै औपचारिक जस्तै सामान्य अवस्थाको जस्तो कक्षा सञ्चालन गरेका छन् भने कतिपय स्थानीय तहमा विद्यालयलाई सिकाइ केन्द्र मानेर कक्षालाई फरक किसिमले व्यवस्थित गरी चलाइएको पाइएको छ ।

रौतहटको चन्द्रपुर, गौर, गरुडा र फतुवा विजयपुर नगरपालिकाले विद्यालयमा विद्यार्थी र शिक्षकको आधारमा दुई वा तीन सिप्mटमा विभाजन गरेर कक्षा सञ्चालन गरेका छन् । गत हप्ता चन्द्रपुर नगरपालिकाको शिक्षकमा कोरोना सङ्क्रमण देखिएपछि विद्यालयहरू पुनः बन्द गरिएका थिए ।

विद्यालयलाई सिकाइ केन्द्र मानेर विद्यार्थी बोलाइ कक्षा सञ्चालन गर्ने रौतहटका चारमध्ये तीन नगरपालिका शहरी क्षेत्रमा रहेका छन् । शहरी क्षेत्रमा संस्थागत विद्यालयको मागलाई सम्बोधन गर्न पनि विद्यालय सञ्चालन गरिएको आरोप लाग्ने गरेको छ तर विद्यालयलाई सिकाइ केन्द्र मानेर विभिन्न सिप्mटमा कक्षा सञ्चालन गर्दा विद्यार्थीले पढ्न पाएका छन् भने शिक्षकले पढाउन नखोजेको आरोपको खण्डन पनि भएको छ ।

जिल्ला प्रशासन कार्यालय रौतहटले गत हप्ता कतिपय विद्यालयले स्कूल बसमा विद्यार्थी ल्याएर कक्षा सञ्चालन गरेको पाइएको भन्दै वैकल्पिक विधिबाट विद्यार्थीको सिकाइलाई प्रभावकारी बनाउन सूचना जारी गरेको थियो ।
देशमा दिन प्रतिदिन कोरोनाको सङ्क्रमण बढ्दै जाँदा कतिपय स्थानीय तह पर्ख र हेरको स्थितिमा रहेका छन् । रौतहटको गढीमाई नगरपालिकाका प्रमुख श्यामप्रसाद यादवले दशैंसम्म हेरेर जिल्लामा कोरोना सङ्क्रमणको अवस्था बुझेपछि मात्र विद्यालय सञ्चालनको विषयमा निर्णय लिइने बताएका छन् ।

विद्यालय सञ्चालन नभए पनि अधिकांश स्थानीय तहका शिक्षक दिनहुँ विद्यालय पुगिरहेका छन् । विद्यालय पुगेर हाजीरी गर्ने र समस्या लिएर आउने विद्यार्थीको सिकाइलाई सहजीकरण गर्ने गरेको मौलापुर नगरपालिकाका एक शिक्षकले बताएका छन् ।
रौतहट तथा बारामा टोल शिक्षण खासै प्रभावकारी देखिएको छैन तर जूम प्रविधिमार्पmत् शिक्षण सिकाइ क्रियाकलापलाई निरन्तर अगाडि बढाइएको छ । गरुडामा रहेको नेपाल पुलिस स्कूलले गत असारदेखि नै जूम प्रविधिमार्पmत् शिक्षण सिकाइ क्रियाकलापलाई निरन्तरता दिइरहेको छ । यस विद्यालयले जूम प्रविधिमार्पmत् विद्यार्थीको परीक्षा पनि लिएको छ ।

रेडियो र जूम प्रविधिमार्पmत् हुने शिक्षण सिकाइमा कक्षाको तुलनामा विद्यार्थी सहभागिता कम हुने गरेको पाइएको छ । प्रत्यक्ष कक्षाजस्तो जूम प्रविधिको पढाइप्रति विद्यार्थीको पहुँच र आकर्षण दुवै कम भएको पाइएको कटहरिया नगरपालिकाका शिक्षा संयोजक अनिलकुमार निधिले जानकारी गराएका छन् ।

गत चैतको पहिलो हप्तापछि विद्यार्थी विद्यालय जान नपाएकाले सिकाइको स्तर कमजोर हुने वा शैक्षिक सत्र नै कमजोर बन्ने हो कि भन्ने चिन्ता अभिभावकलाई समेत रहेको छ । कतिपय विद्यालयले नगरपालिकाको अनुमतिविनै माथिल्लो तहको विद्यार्थीलाई बोलाएर अनौपचारिक भन्दै कक्षा सञ्चालन गरेको पनि पाइएको छ ।

बारामा जिल्ला प्रशासन कार्यालयले जिल्लाका सबै विद्यालयको पठनपाठन बन्द गरिएको सूचना सार्वजनिक गरेको थियो भने पर्साका केही विद्यालय सञ्चालनमा आउन थालेका थिए । औपचारिक वा अनौपचारिकरूपमा सञ्चालनमा रहेका सबै विद्यालय तथा क्याम्पसहरू घटस्थापनादेखि पूर्णिमासम्म बन्द हुँदैछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here