पारिवारिक सम्बन्ध र सुख

0

-नारायणप्रसाद चापागाईं

सम्बन्धको एकाङ्की परिभाषा छैन । यसलाई विविध आयामबाट अथ्र्याउन सकिन्छ । एकल परिभाषामा सीमित गर्दा अर्थपूर्ण नहुन सक्छ । तथापि सम्बन्ध एउटा गठजोड हो जहाँ एकभन्दा बढी पक्ष, एकाइ वा व्यक्ति आपसमा बाँधिएका हुन्छन् । भौतिकरूपमा अदृश्य तर गहिरो गरी मनले अनुभूत गर्न सकिने एउटा बन्धन हो– सम्बन्ध, जसले बृहत महŒव राख्दछ ।

सुख, मनको शान्ति, दिमागको उत्साह, विचारको सन्तुष्टि र मस्तिष्कको चयन हो । सुखलाई अथ्र्याउने सम्बन्धमा अध्यात्मविज्ञ, दार्शनिक तथा मनोविद्हरूको आआप्mनै मत रहेको पाइन्छ । सम्बन्ध र सुख परिपूरक हुन्छ । सम्बन्धको उद्देश्य सुख प्राप्ति हो । मधुर, हार्दिक र विश्वसनीय सम्बन्धले व्यक्तिमा सुखको प्रवद्र्धन गर्दछ । व्यक्तिगत वा पारिवारिक सम्बन्धको अन्तर्निहित उद्देश्य सुख, शान्ति, समृद्धि, हौसला, खुशी, उत्साह नै हो ।

सम्बन्ध सुख प्राप्त गर्ने माध्यम हो । चिरस्थायी र दिगो सुख प्राप्तिका लागि दरिलो स्वार्थरहित सम्बन्ध आवश्यक हुन्छ । सम्बन्धमा स्वार्थ मिसियो भने स्वार्थ सिद्ध नहुन्जेल मात्र सम्बन्धको अस्तित्व रहन्छ । त्यस्तो सम्बन्ध निहित स्वार्थ सिद्ध हुनासाथ चुँडिन्छ, जसको अन्त्य पीडादायी हुन्छ । सुखको स्रोत खोज्दै देवालय धाउनेहरू पनि छन् भने सुख प्राप्तिकै नाउँमा थुप्रै द्रव्य खर्च गरेर पूजापाठ लगाउनेहरू पनि छन् । केहीले महात्मा, योगी, मुनिका वाणी र प्रवचन सुनेर मन बहलाउन खोज्छन् त केहीले कथित धर्मले निर्देश गरे अनुसार जप, तप र ध्यानद्वारा सुख प्राप्तिको बाटो रोज्छन् । यद्यपि दिगो र अटल सुखको प्रमुख कारक सम्बन्ध हो भन्नेतर्पm धेरैको ध्यान जान सकेको देखिंदैन ।

वैराग्यको तर्क फरक छ । केही अध्यात्मविद् र योगीमुनिहरूको तर्क अनुसार सांसारिक सम्बन्ध सुखको कारक नभएर दुःखको कारक हो । तर मानिस सामाजिक प्राणी भएसँगै उसले आपूmलाई अलग्याएर सुख खोज्नुभन्दा समाज र परिवारका सदस्यलाई जीवनको अभिन्न अङ्ग बनाई आपसमा सुमधुर र सौहार्द सम्बन्ध कायम गरी प्रेम, सद्भाव, त्याग र समर्पणको माध्यमद्वारा सुखको खोजी गर्नु श्रेयस्कर हुन्छ । आपूmभित्र शान्तिको भाव जगाउन मनलाई स्थिर गर्ने उपाय ध्यान, जप, योग गर्नु बेग्लै कुरा हो ।

एउटा परिवार सुखी हुन परिवारका सदस्यबीच, सगरझैं अग्लो, सागरझैं गहिरो, हिमालझैं अटल र कर्णप्रिय सङ्गीतझैं लयबद्ध तथा सुमधुर, सम्बन्ध हुनु जरुरी छ । परिवारका सदस्यबीच सामीप्य, सन्निकटता र हार्दिकताले नै पारिवारिक दुःख–कष्ट र पीडा निवारण हुन सक्छ । सुखको सबैभन्दा ठूलो कारक पारिवारिक सम्बन्ध नै हो । पारिवारिक सम्बन्ध राम्रो हुनको लागि परिवारका सदस्यहरूबीच विचार, मान्यता र दृष्टिकोण समान हुनुपर्छ भन्ने पनि होइन । परिवारका अलग–अलग पुस्ताबीच पुस्तान्तरसँगै सोच, विचार र मान्यता फरक हुन सक्छ, त्यसो हुँदैमा सम्बन्धमा खटपट हुन्छ भन्ने पनि होइन ।

पुरानो पुस्ताले वर्तमान पुस्ताबाट विगतदेखि चलेका परम्पराको निरन्तरताको अपेक्षा गर्दछ । वर्तमान पुस्ता ती परम्परामा वैज्ञानिकता र तर्क खोज्छ । तथ्य पुष्टि हुन नसक्ने परम्परालाई आधुनिक पुस्ताले छोड्दै गएको देखिन्छ । विगतदेखि चलेको चलन, मानेको रिवाज र धानेको परम्परालाई वर्तमान पुस्ताले सोही रूपमा अङ्गीकार नगर्दा पुरानो पुस्ताले नयाँ पुस्ता संस्कारबाट विचलित भएको ठान्छ र नयाँ पुस्ताप्रति असन्तुष्टि बढेको देखिन्छ । अर्काेतिर नयाँ पुस्ताले अग्रज पुस्ताको योगदानको कदर नगर्दा, उचित सम्मान र मान्यता नदिई उक्त पुस्ताप्रति उपेक्षा प्रदर्शन गर्दा पुरानो पुस्तामा नैराश्य बढेको पाइन्छ । प्रेमिल र सामीप्य सम्बन्धमार्पmत् ज्येष्ठ सदस्यको योगदानको कदर गर्दै सौहार्दपूर्ण संवाद गर्न सकेमा यस्ता असन्तुष्टि र नैराश्य हटेर अभिभावक पुस्ताले सन्तान–पुस्तालाई वात्सल्य प्रदान गर्ने कुरामा दुईमत हुन सक्दैन ।

परिवारभित्र व्यक्तिका आआप्mनै सोच, विचार, धारणा र दृष्टिकोण हुन सक्छ । एकअर्काको विचार, मत र धारणालाई सम्मान गर्न सक्ने अवस्थामा मात्रै पारिवारिक सम्बन्ध सुमधुर हुन सक्छ । नत्र आप्mनो सोचबाट टसमस नहुने, आप्mनो सोचमा परिवारलाई डो¥याउन पनि नसक्ने र समभाव दृष्टि राखी अर्काेको विचार सुन्नै नचाहने हठी र अहङ्कारी स्वभावले पारिवारिक सम्बन्ध धराशयी बनाउँछ । पारिवारिक सम्बन्ध नै उच्चतम सम्बन्ध हो र सुखको प्रमुख कारक परिवार हो भन्ने बोध परिवारका सदस्यमा रहेमा ससाना मनमुटाव, असन्तुष्टि र असहमतिले समग्र सम्बन्धलाई खल्बल्याउन सक्दैन । तर उक्त तथ्यको बोध नहुँदा वा उपरोक्त ज्ञान भएर पनि अवचेतन मस्तिष्क माथि उठ्न नसक्दा व्यक्तिले आप्mनो अहङ्कार र हठमाथि विजय प्राप्त गर्न सक्दैन । अन्ततः ऊ आप्mनै अहङ्कार र हठ त्याग्नुभन्दा पारिवारिक सम्बन्ध नै त्याग्न तयार हुने अवस्थासम्म पुग्न सक्छ । त्यसैले परिवारको मियोको रूपमा रहने परिवारको मूल व्यक्तिको सुझबुझ, विवेक र संवेगात्मक स्थिरताले नै पारिवारिक सुखको निर्धारण गर्दछ ।

अर्काेतिर परिवारभित्रको दाम्पत्य जीवनमा सामीप्य, मिठास र माधुर्य नहुँदा विवाहेतर गुप्त सम्बन्धहरू कायम भई अन्ततः दाम्पत्य जीवन नै धराशयी हुन पुगेका उदाहरण समकालीन समाजको प्रमुख चुनौतीको रूपमा देखिएको छ । मनलाई काबुमा राख्न नसक्दा, बहकाउमा क्षणिक सुख प्राप्तिको लागि हुने यस्ता अश्वेत सम्बन्धले समाजलाई गलत बाटोतर्पm डो¥याउने त छँदैछ त्योभन्दा अघि यसले पारिवारिक सम्बन्ध नै ध्वस्त बनाई व्यक्तिमा नैराश्य, वितृष्णा, तनाव र पीडाको पहाड खडा गरिदिन्छ । एकअर्काको भावनामाथि समभाव राख्न सकेमा, एकअर्काको विचारको सम्मान गर्न सकेमा र काम, क्रोध, लोभ, मोहजस्ता मनका संवेगहरूलाई वशमा राख्न सकेमा दाम्पत्य जीवन सुखदायी बनाउन सकिन्छ । सम्बन्धले प्रेम, त्याग र समर्पण माग्छ । जहाँ त्याग, समर्पण र विश्वास रहन्छ, त्यहाँ सम्बन्धको सुवास मगमग भइरहन्छ ।
आफन्त, साथीभाइ, इष्टमित्रभन्दा धेरै नजीक रहने रगतको नाता होस् वा अग्नि साक्षी राखी जोडिएको नाता नै किन नहोस् यस्तो पारिवारिक नातालाई छिन्नभिन्न हुनबाट जोगाऔं, दिगो सुखको प्रवद्र्धन गरौं । अन्य सम्बन्ध जोडिने र तोडिने भइरहन्छ तर पारिवारिक सम्बन्ध एकपल्ट तोडिएपछि पुनः सोहीरूपमा जोडिन असम्भव प्रायः हुन्छ । त्यसैले, सुख, खुशी, उत्साह, उन्नति र प्रगतिको मूल स्रोत परिवारलाई, अटुट सम्बन्धको गाँठोले यसरी कसौं कि त्यो कहिल्यै नफुकोस्, कहिल्यै नचुटोस् ।

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेत् ।

(अधिकृत छैटौं, वीरगंज मनपा कार्यालय)
nchapagain.2045@gmail.com

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here