कोरोना संस्कृति

– मुकुन्द आचार्य    संस्कृति बन्न र बिग्रन लामो समय लाग्दछ। कुनै समयको कुनै समुदायको समाजको संस्कृति त्यत्तिकै बन्दैन। युगौं युग लाग्छ यसका लागि। यो चानचुने कुरो हैन।    तर कुनै ठूलो घटना, दुर्घटनाले सभ्यता र संस्कृतिको निर्माण र विनाशमा ठूलो प्रभाव पार्न सक्छ। यस्ता परिवर्तनकारी तत्वहरूमा युद्ध, महामारी, कुनै ठूलो घटना, दुर्घटना र राजनीतिक परिवर्तन हुन […]

गुरु–चेला !

– मुकुन्द आचार्य    मान्छेलाई सामाजिक प्राणी भनिन्छ। त्यै सामाजिक प्राणीलाई अचेल कोरोनाको डरले ‘सोशल डिस्टेन्सिङ’ सिकाउने काम गरिंदै छ। अर्थात् कसैसँग हात नमिलाउनु, कसैसँग अङ्कमाल नगर्नु, भीडभाडमा नजानू आदि इत्यादि।    संसारभरिको स्वास्थ्यको ठेक्का विश्व स्वास्थ्य सङ्गठनले लिएर आफूलाई जगद्गुरु घोषणा गरेको छ। विश्व स्वास्थ्य सङ्गठन गुरु, अनि सारा संसार उसको चेला भएको छ अचम्म !   […]

फेसबूक/फेकबूक

– मुकुन्द आचार्य   फेसबूकलाई सोशल मिडिया अन्तर्गतको एक मुख्य घटक मानिन्छ, आजभोलि। कोरोना भाइरसले वैज्ञानिक महोदयहरूको सातोपुत्लो उडाएको यस घडीमा जहाँबाट भए‘नि जताबाट भए‘नि खबर खाबर पाउन मान्छेको मन मथिङ्गल मडारिएकै हुन्छ। त्यसमा पनि शुभलाभको सुखद समाचार कानमा परोस् भन्ने सबैको आस हुन्छ।    यो आसलाई सोशल मिडियाले थोरबहुत भरथेग गरेकै हुन्छ, यति त मान्नै पर्छ। […]

पर्यटक प–यो ट्वाँ

– मुकुन्द आचार्य    हाम्रो सुन्दर शान्त विशाल नेपाललाई हेर्न भनी बर्सेनि थुप्रै पर्यटक यहाँ आउँछन्, दाल, भातलाई नेपालको राष्ट्रिय खाना भनी खान्छन् अनि केही दिनमैं वाक्क भएर फर्कन्छन्।    यौटा हाम्रो पक्षमा राम्रो कुरो चैं के छ भने कुनै पनि घुमन्तेले ‘तेरो देश त नराम्रो’ कुनै देशवासीलाई पनि भन्दैन। अनि नेपाललाई पनि त्यसरी मुखै फोरेर किन […]

थैंङ्क यु कोरोना

मुकुन्द आचार्य    अचेलको युगमा निकै फेशनमा छ; सकारात्मक सोच, जसलाई अङ्ग्रेजीमा ‘पोजेटिभ थिङ्किङ’ भन्ने गर्छन्।    यहाँ त समस्या प–यो के भने हामी सोच चैं पोजेटिभ खोज्छौं तर कोरोनाको जाँचमा चैं पोजेटिभ हैन नेगेटिभ खोज्छौं। यो जुग नै डबल स्टैन्डर्डको हो।    सकारात्मक सोच बनाउने क्रममा केही वर्ग यस्ता पनि देखिन्छन्, जसले यस कोरोनाकालमा पनि शुभलाभ प्राप्त […]

कार्टुन !

– मुकुन्द आचार्य    हामी सबै कार्टुन फिलिमका पात्रजस्ता भएका छौं। अथवा कार्टुन फिलिमहरू हेर्ने ससाना सिङाने बालगोपाल भएका छौं। दुवैमा हामी कहाँ छौं त ?    यसो घोरिएर सोध्नुस् त ! तपाईं भन्नुहोला, अरे यार, यो दुईटै कुरा एकैचोटी कसरी सम्भव हुन्छ ! हुन्छ… हुन्छ… सबै कुरा एकैचोटी सम्भव हुन सक्छ। जसरी नेपालमा जे पनि सम्भव […]

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।