प्रस, परवानीपुर, १४ फागुन/
वीरगंज भन्सार नाकाबाट चालू आवमा आयात घट्दा राजस्व सङ्कलनमा प्रतिकूल असर परिरहेको छ।
कोरोना महामारी र नेपाल सरकारले मालवस्तु पैठारीमा बढाएको राजस्व दरबन्दीले गर्दा विलासी गाडी तथा अन्य सामानको आयातमा कमी आउँदा राजस्वमा कमी आएको छ। चालू आवको पछिल्लो सात महीनामा कीरब ११ अर्ब लक्ष्यको तुलनामा कम राजस्व सङ्कलन भएको वीरगंज भन्सारले जनाएको छ।
वीरगंज भन्सारले चालू आव २०७७/०७८ को साउनदेखि माघसम्म सात महीनामा ९९ अर्ब ३३ करोड ५९ लाख ५ हजार राजस्व लक्ष्य पाएकोमा ८९ प्रतिशत मात्र अर्थात् ८८ अर्ब ५० करोड ४८ लाख ७७ हजार राजस्व मात्र असुली गरेको वीरगंज भन्सारका प्रमुख भन्सार प्रशासक महेश आचार्यले जानकारी दिए। उनका अनुसार चालू आवको १२ महीनाको लागि कुल १ खर्ब ७२ अर्ब ७९ करोड ८१ लाख ७५ हजार राजस्व लक्ष्य पाएकोमा माघसम्म सात महीनामा ८८ अर्ब ५० करोड ४८ लाख ७७ हजार असुली भएको बताए। माघसम्म भन्सार महसूलतर्फ ३८ अर्ब ५० करोड २१ लाख ५२ हजार लक्ष्य पाएकोमा ८८ प्रतिशत अर्थात ३३ अर्ब ८४ करोड १५ लाख ४६ हजार, मूल्य अभिवृद्धि करतर्फ ४१ अर्ब २७ करोड ८० लाख १ हजार लक्ष्य पाएकोमा ७५ प्रतिशत अर्थात ३० अर्ब ९९ करोड ५४ लाख ७९ प्रतिशत, अन्तःशुल्कतर्फ १३ अर्ब ३ करोड ५४ लाख ३५ हजार लक्ष्य पाएकोमा ७९ प्रतिशत अर्थात १० अर्ब ३३ करोड ३० लाख ९९ हजार, सडक सुधार निर्माण दस्तुरतर्फ ४ अर्ब ५८ करोड १८ लाख ८७ हजार,पूर्वाधार कर तर्फ ५ अर्ब ६४ करोड २ लाख ७४ हजार लक्ष्य पाएकोमा ३७ प्रतिशत बढी अर्थात् ७ अर्ब ७४ करोड ६५ लाख ७३ हजार, कृषि सुधार शुल्कतर्फ ७२ करोड ९९ लाख ९८ हजार लक्ष्य पाएकोमा १०९ प्रतिशत अर्थात ७९ करोड ३२ लाख २८ हजार, अग्रीम आयकरतर्फ १४ करोड ८८ लाख ९६ हजारलगायत गरी कुल ८८ अर्ब ५० करोड ४८ लाख ७७ हजार राजस्व सङ्कलन भएको जनाइएको छ।

वीरगंज भन्सारले चालू आवको मासिकरूपमा गत साउनमा ६ अर्ब ४२ करोड ७४ लाख २० हजार लक्ष्य पाएकोमा २१.५३ प्रतिशत बढी अर्थात् ७ अर्ब ८१ करो्ड ९ लाख ५३ हजार,भदौमा १२ अर्ब १० लाख ५ हजार लक्ष्य पाएकोमा ७१.६३ प्रतिशत अर्थात ८ अर्ब ५९ करोड ५८ लाख ७३ हजार, असोजमा १६ अर्ब ९० करोड ६५ लाख ७१ हजार लक्ष्य पाएकोमा ७९.०९ प्रतिशत अर्थात १३ अर्ब ३७ करोड १५ लाख ७६ हजार, कम्तीमा १० अर्ब ५० करोड २ लाख ६० हजार लक्ष्य पाएकोमा ३२.३२ प्रतिशत बढी अर्थात १३ अर्ब ८९ करोड ३९ लाख ६२ हजार, मङ्सिरमा १९ अर्ब ४२ लाख ३ लाख ७ हजार लक्ष्य पाएकोमा ७४.६० प्रतिशत अर्थात् १४ अर्ब ४८ करोड ७२ लाख ९६ हजार, पुसमा २० अर्ब २५ करोड ७८ लाख ५६ हजार लक्ष्य पाएकोमा ७६ प्रतिशत अर्थात १५ अर्ब ३९ करोड ४४ लाख ९५ हजार र माघमा १३ अर्ब ८२ करोड २४ लाख ८६ हजार लक्ष्य पाएकोमा ८ प्रतिशत बढी अर्थात् १४ अर्ब ९५ करोड ४ लाख ८६ हजार राजस्व सङ्कलन गरेको थियो।
चालू आवको पछिल्लो सात महीनामा आयात ७.४२ प्रतिशतले खस्केकोले पनि राजस्व असुलीमा कमि आएको छ। कोरोना महामारीको कारण चालू आवको दुई महीना आयात निकै ठप्प भएको कारण र केही मालवस्तुको आयातमा भारी गिरावट आएको कारण पनि राजस्व असुली प्रभावित भएको भन्सार अधिकारीहरूको भनाइ छ। गत आव २०७६/०७७ मा २ खर्ब ५६ अर्ब ९६ करोड ९५ लाख ८२ हजारको समान आयात भएकोमा चालू आवमा ७.४२ प्रतिशत कम अर्थात २ खर्ब ७७ अर्ब ५६ करोड ८३ लाख ७० हजार मूल्यबराबरको सामान आयात भएको छ। मुख्यगरी मोटरसाइकल आयात यो नाकाबाट गत आवको सात महीनाको तुलनामा १६.९ प्रतिशत, डबलक्याब पिकअप भ्यान ५२ प्रतिशतले, विलेट ४४ प्रतिशतले, सुर्ती ३९ प्रतिशतले पेट्रोल ३ प्रतिशत, एलपीजी २ प्रतिशत र डिजेल १ प्रतिशतले कमी आउँदा राजस्व असुलीमा प्रतिकूल असर परेको भन्सार कार्यालयको ठम्याइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here