सात लाखसहित दुईजना भारतीय पक्राउ

0

प्रस, वीरगंज, १४ फागुन/
हुन्डी कारोबार गरेको आरोपमा प्रहरीले ७ लाख नगदसहित दुईजना भारतीयलाई पक्राउ गरेको छ।बिहीवार साँझ वीरगंजको रजतजयन्तीचोकबाट भारत, रक्सौलबाट मोटरसाइकलमा आएका पूर्वी चम्पारण, मोतीहारी थाना, रक्सौल–२५ निवासी ४० वर्षीय सञ्जयकुमार गुप्ता र ३७ वर्षीय विनोदकुमारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ। उनीहरूको साथबाट रु ७ लाख बरामद भएपछि बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन कसूरमा अदालतबाट पाँच दिनको म्याद थमाइ अनुसन्धान शुरू गरिएको प्रहरीले जनाएको छ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here