नेपाल–भारत खुला सीमा धेरै अर्थमा नेपाली अर्थतन्त्रका लागि सराकात्मक र नकारात्मक दुवै छ। सीमा खुला हुनुको जसरी नकारात्मक र सकारात्मक पक्ष्F छ, त्यसैगरी सीमा बन्दको पनि दोहोरो लाभ–हानि छ। अहिले सीमा क्ष्Fेत्रमा कोरोनाले गर्दा बन्द भएको सीमाले पु–याएको विषयमा लामो कुरा नगरेर तत्काल सरोकार पक्ष्Fको कुरा गर्ने हो भने सबैले यसमा चिन्ता व्यक्त गरेको पाइएको छ। सीमा बन्द हुँदा आवश्यक दैनिक सामग्रीको भारतीय बजारबाट हुने सस्तो आपूर्तिमा बाधा पुगेको छ भने विभिन्न कारणले नेपाल आउने भारतीय नागरिकको आवागमनमा प्रतिकूलता थपिएको छ, जसले गर्दा यहाँको पर्यटन, होटल व्यवसाय आदि प्रभावित भएका छन्। यद्यपि अहिले धेरै सीमा नाका खुला गरिएको छ, तर कोरोनाको धङधङी बाँकी छ। यसले गर्दा दुवैतिरका कामकाजी तथा घुमन्ते जमात एउटा गतिहीन अवस्थामा छ। यसले भारतको अर्थतन्त्रमा त खासै प्रभाव नपर्ला तर धेरै कारणले भारतीय नागरिकको नेपाल आवागमनमा –हासले नेपाललाई धेरै अप्ठ्यारो परेको छ। खासगरी लामो समयदेखि कोरोनाको त्रासले बन्दबन्दी हुँदा दैनिक खर्च धान्न सकसमा परेका होटल व्यवसायीलाई तत्काल असर परेको छ।
यस्तो पनि होइन कि नेपालले विवेकपूर्ण तरीकाले योजना बनाएर भारतीय पर्यटकहरूलाई आकर्षित गर्न सकेको होस्। पर्यटकको अर्थ हामीले धार्मिकस्थलको भ्रमण र सम्भ्रान्त वर्गको प्राकृतिक दृश्यावलोकनसम्ममा सीमित राखेका छौं। धार्मिकस्थल औंलामा गन्न सकिने खालका छन्, प्राकृतिकस्थल झन् मुखाग्र भन्न सकिने सङ्ख्याका छन्। यद्यपि यी दुवैको नेपालमा अपरिमित सङ्ख्या छ। धार्मिकस्थलहरू प्रचार अभाव र प्रचार–कौशलको कमीले दृष्टि–ओझल छन् भने प्राकृतिक स्थलहरूको पनि अन्वेषण हुन सकेको छैन, भएकासम्म परिवहनको गतिशीलता अवरुद्ध छ। धार्मिकस्थलको प्रचार पशुपतिनाथ दर्शनसम्म सीमित छ वा काठमाडौं उपत्यकाका तीन शहरमा भएका देवीदेवता र ऐतिहासिकस्थलको घुमफिरमा टुङ्गिन्छ। तराईले नेपालको अन्य क्ष्Fेत्रसम्म जाने ट्रान्जिटको मान्यतामात्र पाएको छ। अहिले त्यही ट्रान्जिटका लागि सीमा खुला गर्नुको कोकोहोलो हो। जबकि थोरैमात्र पूँजी लगानी गरेर हामी धेरै भारतीयलाई नेपाल आउन आकर्षित गर्न सक्छौं। भारतीय र नेपाली नागरिकको मनोभाव एकनास रहेकोले धेरै कुरा प्रत्यक्ष्F देखिंदैन, तर यी दुवै मुलुकका नागरिकको क्रयशक्ति निकै बढेको छ, र सबै गच्छेअनुसार भ्रमण गर्न रुचाउँछन्। सक्ने ‘बाबाधाम’, नसक्ने ‘भाठा’ जान्छन्। सक्ने पशुपति र नसक्नेले सीमावर्ती महादेवस्थलहरूमा भीड लगाएकै छन्। कमी के मात्र कुराको भने व्यवस्था बाबाधामजस्तो छैन, गर्न सकिएको छैन वा गर्ने चाहना छैन।
तनावयुक्त जीवनले प्रकृतिको सान्निध्य चाहन्छ, विश्वको कुनै पनि मुलुकको नागरिक किन नहोस् १ कोही लामो समयका लागि घुम्न निस्कन्छ भने कोही सानै समयका लागि भए पनि प्रकृतिको काखमा रमाउन चाहन्छ। बाटो र बस्ने खाने व्यवस्था सहज हुनुपर्छ कुरा त्यत्ति हो। ठोरीसम्म पुग्न भारतीय नागरिकलाई बाटोमात्र सहज छ, त्यहाँ प्रकृतिकै आनन्द लिन वर्षको केही दिन मानिसको घुइँचो लाग्छ। त्यसमा थप मानवीय सुविधाका सामल पु–याइदिने हो, पर्सा निकुञ्जलाई ठाउँ–ठाउँमा व्यवस्थित गरिदिने हो भने ट्रान्जिटको बहुलताले मात्र होटल व्यवसाय हुर्कने छ। तराईका भारतीय सीमासँग लम्पसार परेका लामो क्ष्Fेत्रमा यस्तो गर्न सकिन्छ।