– जिसी हरि
डिकबहादुर– “भन त तिमीहरू मलाई जहिले पनि डिके डिके भनेर किन जिस्क्याइरहन्छौ हँ ?” रिसले चुर हुँदै उसले भन्यो। यो परिवेश हेरिरहेको उसका बुबाको उमेरको हर्षमानले थप्यो– “अलि पुरानो चलन अनुसार बच्चा जन्मेको छैटौं दिन भावीले निधारमा भाग्य कोरिदिन्छ र एघारौं दिनमा न्वारन गरेपश्चात् नाम जुराइन्छ। पछि हुर्कंदै र परिपक्व हुँदै जाँदा वास्तविक नामलाई उसको कामले छायामा पार्ने हुनाले काम अनुसार नामको पहिचान हुन्छ।
वर्तमान समयमा राशि, नक्षत्र आदि इत्यादिभन्दा पनि आमाबुबा आफैं ब्राह्मण हुने भएकाले ब्राह्मणीय पेशा सङ्कटमा पर्नुको साथै नामको अर्थ र परिभाषा बुझ्न र बुझाउन गा–हो बन्दै गइरहेको छ।
तिम्रो बुबाको नाम दीपक र आमाको नाम कमला भएकोले तिम्रो नाम डिक जुराएका हुन्।
डिकबहादुर आफ्नो नामप्रति भित्रैदेखि असन्तुष्ट देखिन्छ। भोलिपल्ट साँझपख सबै साथी चोकमा खेल्न जम्मा हुन थाले। “सबै साथी आइसके तर सिपियू देखिएन नि १” प्रश्नाले व्यङ्ग्यात्मक शैलीमा भनी। सबै अलमल्ल परे के भनेकी भनेर। यत्तिकैमा प्रश्नाले भनी– “तिमीहरू पनि, सर्टकर्टको जमाना छ… त्यही चन्द्रप्रसाद उपाध्याय क्या १”
हालः रौतहट