ठाकुरराममा आधा कम र नर्सिङमा एक कम मतदान

प्रस, वीरगंज, ५ चैत/
वीरगंजमा रहेका दुई क्याम्पस ठाकुराम बहुमुखी र वीरगंज नर्सिङ क्याम्पसमा मङ्गलवार स्वतन्त्र विद्यार्थी युनियनको लागि निर्वाचन सम्पन्न भएको छ ।

दुवै क्याम्पसमा आज शान्तिपूर्णरूपमा निर्वाचन सम्पन्न भएको पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले बताए । उनले ठाकुरराममा १० हजार ७२९ जना मतदाता रहेकामा चार हजार ३०७ जना मतदानमा सहभागी भएको बताए ।

मतदान बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म हुने भनिएकोमा प्राविधिक कारणवश तोकिएको समयभन्दा साढे तीन घण्टा ढिलो गरी शुरू भएको र साँझ छ बजे सम्पन्न भएको थियो । मतदान कार्य भने राति १० बजेपछि हुने भनिएको छ ।

वीरगंज नर्सिङ क्याम्पसमा तोकिएको समयमा निर्वाचन शुरू भएर तोकिएको समयमा सम्पन्न भएको छ । २७३ जना मतदाता रहेकामा २७२ जनाले मतदान गरेको सो क्याम्पसले जनाएको छ । यो क्याम्पसमा राति साढे ८ बजेदेखि मतगणना शुरू भएको छ र अबेर रातिसम्म परिणाम आउने अनुमान गरिएको छ ।

तर २१ मत गन्ती गर्न बाँकी छँदै मतगणना रोकिएको छ । वीरगंज नर्सिङ क्याम्पसकी निर्वाचन अधिकृत अञ्जु महतोले प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको आदेशमा मतगणना कार्य रोकिएको बताइन् ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्