नेपाल विद्युत् प्राधिकरण अहिले हाइड्रोजन ऊर्जाको खोजमा लाग्न थालेको छ। लागि नै हालेको होइन, तर तत्सम्बन्धी खोजका लागि सम्झौता गरेको चाहिं छ। राम्रो कुरा हो, आज विश्वको विद्युत् माग धान्न कुनै पनि स्रोत पूर्ण सक्ष्Fम नभइरहेको अवस्थामा ऊर्जाको विभिन्न स्रोतको खोजी विवेकपूर्ण पाइला मानिन्छ। तर यो नेपाल हो, यहाँका सत्तासीन तथा सरकारी संस्थाहरूको गति र मति थाहा हुँदैन। विश्वमा दोस्रो जलविद्युत् शक्ति रहेको नेपालले आज सय वर्षको अन्तरालमा आफूलाई चाहिनेजति विद्युत् उत्पादन गर्न सकेको छैन। राणाकालपछिको कुरा गर्ने हो भने देशलाई सिङ्गापुर र स्वीट्जरल्यान्ड बनाउने दाबी गर्ने धेरै शूरवीर सत्तारूढ भए, तर सय वर्षमा सामान्य घरायसी उपभोगका लागि समेत बिजुली उत्पादन गर्न सकेनन्। भारतसँग अनुनय–विनय नगरी पर्याप्त ऊर्जा पाउने अवस्था छैन। विद्युत् आयोजनाहरू खडा गर्दा एकथरी चिच्याउन थाल्छन्, पबितो विद्युत् के हुन्छ ? प्रजातन्त्र स्थापना भएयता सत्तासीनहरू कोही १० हजार, कोही २० हजार मेगावाट निकाल्छौं भन्छन्, तर परिणाम उही भारतको भर १
आजको नितान्त आवश्यक वस्तु हो। यसका अनेक माध्यम भएपनि हाम्रो प्रविधि, पूँजी र ज्ञान ती स्रोतहरूको दोहन गर्न सक्ष्Fम छैन। एउटै स्रोत छ, जलविद्युत्। यसको पर्याप्त दोहन गर्न सकियो भने प्रदूषणरहित ऊर्जा प्राप्त हुन्छ। यसको सम्पूर्ण दोहन गर्न सकियो भने सयौं वर्षका लागि नेपाल ऊर्जा सङ्कटबाट मुक्त हुन सक्छ। यति कुरा शासकहरूलाई पनि थाहा छ, तर पनि देशको अर्थव्यवस्थामा नकारात्मक असर पारिरहेको जैविक ऊर्जाका लागि हामी मरिहत्ते गरिरहेका छौं। भारतबाट जैविक ऊर्जा मगाउनु मात्र पर्याप्त नभएर त्यसको ढुवानीको सरलतम उपायको खोजी गर्ने क्रममा एकपछि अर्को पाइपलाइन पनि ओछ्याइरहेका छौं। बिजुली नै १० वर्षमा १० वा २० हजार मेगावाट उत्पादन गर्ने जाँगर र आँट छ भने पाइपलाइनमा खर्च हुने रकम किन विद्युत् उत्पादनमा लगाउन सक्दैनौं ? भिरालो भारतबाट उकालो नेपालमा इन्धन तान्न कति विद्युत् खर्च हुन्छ, त्यसको हिसाब कसले राखेको छ ? सुनिए अनुसार हाइड्रोजन इन्धन प्राप्त गर्न पनि पर्याप्त मात्रामा विद्युत् आवश्यक हुन्छ।
आज नेपालमा पर्याप्त ऊर्जाको अभावमा चाहिने कलकारखाना सञ्चालन हुन सकेको छैन। ऊर्जाका लागि जैविक इन्धन प्रयोग गर्दा प्रकृतिले सुरम्य बनाएको यस देवलोकमा प्रदूषणको दर स्वीकृत मापदण्डभन्दा बढी देखिएको छ। आफ्नो सम्पूर्ण ध्यान जलविद्युत्मा लगाउनुको साटो अन्यत्र भौंतारिंदा ‘द्विविधा में दोनो गए, माया मिली न रामको’ स्थिति आउने सक्नेतर्फ सत्ताधारीहरूले ध्यान दिनु जरुरी छ। भर्खरै नेपाल आयल निगमले अत्यधिक नाफा कमाएकोले आफ्ना कर्मचारीहरूलाई बोनस वितरण गर्ने घोषणा गरेको थियो, जसको प्रत्येक क्ष्Fेत्रबाट विरोध भयो। एउटा यस्तो सरकार नियन्त्रित क्ष्Fेत्र, जसले देशमा प्रदूषण फैलाउने, जनताको ढाड सेक्ने पेट्रोलियम पदार्थको कारोबार गरिरहेको छ, उसले नाफा ग–यो भनेर करोडौं रुपियाँ बाँड्न तत्तयार हुनु र विरोधको स्वर मर्काउन हाइड्रोजन इन्धनको हल्ला चलाउनुबीच साक्ष्Fेप सम्बन्ध हुनुपर्छ। यसो भनिरहँदा अत्याधुनिक खोज अनुसन्धान नहोस् भनेको होइन, तर स्याल कराउनु र बाख्रा हराउनुबीच केही त तादाम्य अवश्य देखिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here