ओमप्रकाश चौधरी, सेढवा, २ माघ/
यस वर्ष शीतलहर ढिलो गरी शुरू भएको छ र यसले गहुँ, सुर्ती, रबीबालीलाई फाइदा पुगे पनि तरकारी र तोरी खेतीलाई भने क्षति पु–याएको किसानहरूले बताएका छन्।
ठोरी गाउँपालिका–४ विजयबस्तीका किसान रामबहादुर श्रेष्ठले तोरीखेतीलाई शीतलहरले क्षति पु–याइरहेको बताए। कात्तिक महीनामा रोपिएको तोरी अहिले भिœयाउने बेलामा शीतलहर शुरू भएपछि रातो रड्ढो तोरी कालो हुने सम्भावना बढेको बताए। उनले तरकारीबालीलाई पनि शीतलहरले हानि पु–याइरहेको बताए।
गत वर्ष शीतलहर पुसमा शुरू भएको थियो। तर यसपटक माघमा शुरू भएकोले सुर्तीबालीलाई फाइदा पुगेको जीराभवानी गापा–१ शान्तिनगरका रवीन्द्र श्रेष्ठले बताए। उनले ढिलो गरी शीतलहर भएपनि बाली बढ्ने र हुर्कने सम्भावना बढेको बताए। गत वर्ष पुसमा शीतलहर चल्दा सुर्तीखेती गरेका किसानलाई झनै फाइदा भएको र यसपटक ढिलो गरी शीतलहर हुँदा विषादी आदिको प्रयोग गर्नुपरेकोले घाटा भएको बताए। पुसमा घाम लागेको कारण सुर्तीबालीमा आइपरेका समस्याहरूका लागि विषादी छर्नुपरेको उनले बताए।
सूर्य नेपालका जेटिए बृजेश साहले ढिलो गरी शीतलहर शुरू भएपनि त्यसले सुर्तीखेतीमा फाइदा पुग्ने बताए। पुसमा घाम लागेको कारण पानीको सतह घटेको र माटो मलिलो हुन नपाउँदा सुर्तीबाली गर्नेलाई समस्या भएपनि अहिले शीतलहर शुरू भएपछि पानीको सतह बढेर माटो मलिलो हुने र पात फस्टाउने उनले बताए।
जगरनाथपुर गापा–३ का गुलाबप्रसाद यादवले शीतलहर ढिलो शुरू भएपनि गहुँबालीलाई फाइदा पुग्ने बताए। उनले पुसमा शुरू भएको भए गहुँखेती अहिलेको भन्दा राम्रो हुने सम्भावना रहेको बताए। अहिले शीतलहर भएपनि यसले गहुँखेतीलाई फाइदै पुगेको उनको भनाइ छ। किसान यादवले गहुँका साथै रबीबाली मुसुरो, कोसा, आलस, खेसारीको खेती गर्ने किसानलाई भने फाइदा हुने बताए।