चीसो मौसममा धेरैजनाको नाक बन्द हुने समस्या हुन्छ । नाक बन्द भएपछि सास फेर्न गाह्रो हुन्छ र दिनभरि काम गर्ने ऊर्जा पनि नष्ट हुन्छ । तर केही घरेलु उपचार गरेर बन्द नाक सजिलै खोल्न सकिन्छ । यी उपायहरू प्रभावकारी मात्र होइन, तत्काल राहत पनि प्रदान गर्छ ।
बाफ लिनेः बाफ लिनु नाक खोल्ने सबैभन्दा प्रभावकारी तरीका हो । यसको लागि ठूलो भाँडामा तातो पानी लिनुहोस् र यसमा थोरै भिक्स वा सञ्चोको तेल थप्नुहोस् । टाउकोमा एउटा तौलिया छोपेर स्टीम लिनुहोस् । यो उपचारबाट बन्द नाक तत्काल खुल्छ र साइनसलाई सफा गर्न पनि मदत गर्दछ । दिनको दुर्ईदेखि तीनपटक यो प्रक्रिया गर्नुपर्छ ।
तातो पानी र मह सेवनः तातो पानीमा एक चम्चा मह मिसाएर पिउँदा नाक खोल्न मदत गर्दछ । महमा एन्टिब्याक्टेरियल र र एन्टिभाइरल गुण हुन्छ, जसले रुघाखोकीको भाइरस हटाउँछ । दिनमा तीनपटक मह पानी पिउनुपर्छ ।
नुन–पानी कुल्लाः नून र मनतातो पानीले कुला गर्दा बन्द नाकलाई राहत प्रदान गर्दछ । एक गिलास पानीमा एक चम्चा नुन थपेर दिनमा दुईपटक कुल्ला गर्नुपर्छ । यो उपायबाट सङ्क्रमण घटाउँछ ।
अदुवा र तुलसीको चियाः अदुवा र तुलसीको औषधीय गुणले रुघाखोकी हटाउन मदत गर्छ । अदुवा, तुलसीको चिया बनाएर त्यसमा केही मह मिसाएर पिउँदा बन्द नाक खुल्नुका साथै शरीरको प्रतिरोध क्षमता पनि बढ्छ ।
तोरीको तेलः बन्द नाक खोल्ने प्रभावकारी उपायमध्ये तोरीको तेल पनि हो । यसमा एन्टिब्याक्टेरियल र एन्टिभाइरल गुण हुन्छ । तोरीको तेललाई मनतातो गरेर नाकको दुवै प्वालमा राख्नुपर्छ । यस उपायबाट तुरुन्तै नाक खुल्छ । यो उपाय दिनमा दुईपटक गर्नुपर्छ । – प्रतीक डेस्क (एजेन्सीको सहयोगमा)