प्रस, वीरगंज, ९ माघ/
२४औं सशस्त्र प्रहरी दिवसको अवसरमा सशस्त्र प्रहरी बल नेपाल प्राविधिक तालीम शिक्षालय, पथलैयाले बुधवार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सशस्त्र प्रहरी बल नेपाल प्राविधिक शिक्षालयका सशस्त्र प्रहरी उपरीक्षक इन्जिनीयर सञ्जयकुमार मण्डलले रक्तदान गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए । कार्यक्रममा एकजना महिलासहित ५९ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र, वीरगंजका प्राविधिक जीतेन्द्र कुशवाहाले बताए ।
उनले प्रकाश पाण्डे, सरोज ढकाल, सीमा गुरुङ, मदन राना, रामबहादुर राई, अनिल विक, अनुजप्रसाद चौरसिया, सविन राई, पशुपति विकलगायतले रक्तदान गरेको बताए ।
रक्तसञ्चार केन्द्र, वीरगंजमा अहिले रगतको अभाव नरहेको प्राविधिक प्रमुख सौरभराज पाण्डेयले बताए । उनले पछिल्लो समय रक्तदान कार्यक्रमहरू नियमित हुँदा रगत अभाव नरहेको बताए । आगामी शनिवारसम्म रक्तदान कार्यक्रम नियमित हुने भएकाले तत्काल रगतको अभाव नरहेको उनले बताए । केही दिन अघि मात्र केन्द्रमा रगतको अभाव भएको थियो । बढ्दो चीसो र गर्मीमा रगतको अभाव हुने गरेको छ र अहिले चीसो बढेसँग केन्द्रमा रगत अभाव हुँदै आएको छ ।