प्रस, वीरगंज, ८ माघ/
वीरगंज महानगर–१४ गण्डक बहुअरी निवासी इर्शाद अन्सारीले आफूमाथि आर्थिक अन्याय गरेको सोही ठाउँ निवासी राजबुन खातुनले आरोप लगाएकी छन् ।
नेपाल पत्रकार महासङ्घ, पर्साको सभाहलमा मङ्गलवार पत्रकार सम्मेलन गर्दै उनले इर्शादले विभिन्न व्यक्तिहरूको नाममा रहेको जग्गा आफू र आप्mना पति करीम मियाँको नाममा राखेको र सो जग्गा विभिन्न बैंकमा राखी ऋण लिएको र अहिले आफूलाई फसाएको बताइन् । उनले इर्शादले आफू र पतिसँग सादा चेक लिएको र सो चेक विभिन्न व्यक्तिहरूलाई दिएर रकम असुली गरेको र अहिले आफूहरू चेक अनादर मुद्दामा दुःख झेल्नुपरिरहेको बताइन् ।
उनले इर्शादको माध्यमबाट पर्सागढी नगरपालिकाको मनवामा २२ कट्ठा, बडनिहारमा १८ कट्ठा, वीरगंज महानगरपालिकाको जगरनाथपुरमा डेढ कट्ठा, मनियारीको आठ कट्ठा जग्गा गरी साढे ४९ कट्ठा जग्गा आप्mनो नाममा गरेको र ती जग्गालाई कुमारी र एनआइसी एशिया बैंकमा राखेर ऋण लिएको र ती बैंकका सादा चेक आफूसँग लिएर विभिन्न व्यक्तिहरूलाई दिएको आरोप लगाइन् ।
चेक अनादर मुद्दामा पति करीमलाई यस अघि पुर्पक्षको लागि वीरगंज कारागारमा राखिएको र पछि मिटरब्याजसम्बन्धी मुद्दामा जिल्ला प्रहरीमा सहमति समझदारी हुँदा १० लाख रुपैयाँ तिरेर रिहा गरेको बताइन् । उनले सोही कार्यालयमा सहमति हुँदा सुनील पाण्डे भन्ने व्यक्तिमार्फत एक थान सादा चेक फिर्ता लिएको र उही व्यक्तिले अहिले रु ३७ लाखको चेक अनादर मुद्दा दिएर पुनः पतिलाई कारागारमा पठाएको बताइन् । उनले यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय अन्तर्गतको मिटरब्याज शाखामा भन्दा सुनवाइ नभएको र पूर्वसहमति, सम्झौतापत्रहरू गायब गरिएको आरोप लगाइन् ।
राजबुनले कारागारमा बस्दा पतिको मिर्गौला बिग्रिएको र अहिले वीरगंज हेल्थकेयरमा दैनिक तीनपटक डायलासिस भइरहेको बताइन् । उनले इर्शादले प्रलोभनमा पारेर आफूलाई यो अवस्थामा पु¥याएको र प्रहरीले पनि आप्mनो कुरा नसुनेको गुनासो पोखिन् । उनले प्रहरीले घटना मिलाउनको लागि कमिशन माग गरेको र सो नदिंदा कार्यालयबाट बाहिर निकाल्ने गरेको आरोप लगाइन् ।
पत्रकार सम्मेलनमा इर्शादबाट पीडित वीरगंज–१८ इनर्वा मनियारी निवासी ६० वर्षीय रामप्रसाद कुर्मीले आफूलाई हृदयघात भएपछि उपचारको लागि इर्शादसँग १० लाख लिएर दुई कट्ठा आठ धुर जग्गा दिएको बताए । उनले आप्mनो नामको जग्गा इर्शादले राजबुन खातुनको नाममा गराएको र पछि सोही जग्गा राजबुन खातुनबाट भगवान सिंहको नाममा दृष्टिबन्धक गराएको बताए ।
दुई करोड थैली राखेर दृष्टिबन्धक गरेको हुँदा आपूm मर्कामा परेको उनले बताए । १० लाख ऋण लिएको र दुई करोडको चपेटमा पारेको भन्दै उनले न्याय हुनुपर्ने माग गरेका छन् ।
गाउँमा पञ्चायती भएपछि इर्शादले ५० लाख र १५ लाखका दुईवटा चेक दिएको तर निजको खाता रित्तो रहेको र प्रहरीमा उजूरी गर्दा सुनवाइ नगरेको आरोप लगाए । उनले प्रहरीले कमिशन माग गरेको र आप्mनो कुरा नसुनेको गुनासो गरे ।
प्रहरीले मिटरब्याजमा मुद्दा दर्ता गरेको छ तर महीना बितिसक्दा पनि सुनवाइ नभएको उनीहरूले गुनासो गरे । मिटरब्याज शाखामा जाँदा प्रहरीले भगाउने र यहाँबाट केही हुँदैन, अदालत जान भनेको कुर्मी र खातुनले आरोप लगाए ।
यसबारेमा जिल्ला प्रहरी कार्यालय, पर्सा अन्तर्गतको मिटरब्याज शाखाका प्रहरी नायब निरीक्षक रामप्रवेश भारतीले यो घटनामा जिल्ला प्रशासन कार्यालय, पर्सामा सहमति भएको हुन सक्ने बताए । जिल्ला प्रहरीमा भने पीडक भनिएकामध्ये एकाधजना आउने गरेको र यससम्बन्धी फाइलको आफूले गहन अध्ययन गर्न नसकेको बताए ।