प्रस, वीरगंज, ८ माघ/
नेपाल जनता पार्टी, बाराले मङ्गलवार बाराका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै गढीमाई मन्दिर तोडफोड गर्नेहरूलाई कारबाईको माग गरेको छ ।
पार्टीका वरिष्ठ नेता सन्तोषानन्द महाराज नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै आपराधिक मानसिकता बोकेका व्यक्तिहरूले योजना बनाइ गढीमाई मन्दिरमा तोडफोड गरेको घटनाको भत्र्सना गरेको छ ।
ज्ञापनपत्र बुझाउने टोलीमा केन्द्रीय सदस्यहरू प्रह्लाद साह कलवार, गोपाल दास, पारस द्विवेदी, अरुण चौधरी, बारा जिल्ला अध्यक्ष कृष्ण शुक्लालगायतको सहभागिता थियो ।