धर्मेन्द्र चौरसिया, पोखरिया, ७ माघ/
जिल्ला प्रहरी कार्यालय, पर्साले १९५ किलो गाँजासहित एकजनालाई पक्राउ गरेको छ ।

बा.प्र.०३–००१ख३५८७ नम्बरको ट्रकबाट पर्सा जिल्लाको तिलावे खोलादेखि दक्षिणतर्फ भारतीय सीमा रहेको अमरपट्टितर्फ जाने क्रममा सूचनाको आधारमा पर्सा प्रहरीले माघ ५ गते राति सो परिमाणको गाँजा बरामद गरेको थियो । इलाका प्रहरी कार्यालय, पोखरियाले सूचनाको आधारमा ट्रक रोकी चेकजाँच गर्दा ट्रकको हुडमाथिको खाली ठाउँमा त्रिपालले छोपेर राखिएको अवस्थामा गाँजा बरामद भएको थियो । गाँजा बरामद भएपछि प्रहरीले ट्रक चालक सुकमान महर्जनलाई नियन्त्रणमा लिएको थियो ।

पछिल्लो समय अमरपट्टि नाका भएर तस्करी बढेको छ । नेपाल–भारत चोरी तस्करी कार्य यो नाकाबाट निर्बाधरूपमा हुने गरेकोले गाँजा तस्करले पनि यही नाकाबाट मकवानपुर र धादिङबाट भित्रिएका गाँजालाई भारततर्फ पु¥याउँदै आएका छन् । सुरक्षाकर्मीहरूले चोरी तस्करीका लागि खुला गरेका नाकाहरूबाटै अहिले गाँजाको तस्करी हुने गरेको स्रोतले जनाएको छ । लाइन खुलेका नाकाहरूमा सुरक्षा व्यवस्था कमजोर हुने र त्यसैको फाइदा गाँजा तस्करहरूले उठाउँदै आएका छन् ।

पर्सा, बारा र रौतहटमा सुरक्षाकर्मीहरूले तस्करीका लागि खुला गरेका नाकाहरूबाटै नेपाल र भारतका सुरक्षाकर्मीहरूले गाँजा बरामद गर्दै आउनुको कारण पनि तस्करीको लाइन नै भएको स्रोतको दाबी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here