प्रस, पर्सागढी, ७ माघ/
पर्सागढी नगरपालिका–३ स्थित सानिमा बैंकले सोही वडामा रहेको नेपाल राष्ट्रिय मावि हर्दियाका ११० जना गरीब, विपन्न विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको छ ।

शाखा प्रमुख मन्दिरा श्रेष्ठले बैंकले प्रत्येक वर्ष समाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको र सोही क्रममा हिजो विद्यालयमा अध्ययनरत गरीब, विपन्न विद्यार्थीहरूलाई चीसोबाट जोगिनका लागि न्यानो कपडा वितरण गरिएको बताइन् । कार्यक्रममा बैंकका प्रबन्धक दिनेश ढकाल, विद्यालयका प्रधानाध्यापक, शिक्षकहरूको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here