प्रस, वीरगंज, ७ माघ/
सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजले हिजो दिउँसो स्रोत नखुलेको छ लाखसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल १३ नं गुल्म वीरगंज हेडक्वाटरका प्रवक्ता एवं सशस्त्र प्रहरी नायब उपरीक्षक नरेन्द्र सिंह धामीले बा.४१प ८४९३ नम्बरको मोटरसाइकलमा सवार भारत रक्सौल पन्टोका निवासी ३८ वर्षीय विश्वेशर यादवबाट छ लाख पाँच हजार रकम बरामद भएको र सोको स्रोत नखुलाइएपछि नियन्त्रणमा लिएको बताए ।