प्रस, वीरगंज, ७ माघ/
बारा जिल्ला प्रसौनी गाउँपालिका–७ बन्जरिया निवासी ७५ वर्षीया रजिया साह कनुइनको घुर ताप्दा आगो लागेर मृत्यु भएको छ ।

हिजो बिहान ९ बजे घुर ताप्ने क्रममा कनुइनको कपडामा आगो सल्किएर घाइते भएकी थिइन् । उनलाई तत्काल प्रादेशिक अस्पताल कलैया लगिएको र त्यहाँ उपचार सम्भव नभएपछि नारायणी अस्पताल वीरगंज पठाइएको थियो । नारायणीमा पनि उपचार सम्भव नभएपछि राति १० बजेतिर काठमाडौं लग्ने क्रममा बाटोमा मृत्यु भएको बारा प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रकाश लम्सालले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here