प्रस, वीरगंज, ४ माघ/
पोखरा जगदम्बा ट्राभल्सले शुक्रवारदेखि वीरगंज–पोखरा सुपरडिलक्स बस सञ्चालनमा ल्याएको छ। महानगरप्रमुख राजेशमान सिंहले शुक्रवार सो बससेवाको उद्घाटन गरेका थिए।
उनले पर्यटन प्रवद्र्धनमा सुपरडिलक्स बसको सञ्चालनबाट टेवा पुग्ने बताए। पोखरा जगदम्बा ट्राभल्सका प्रतिनिधिले काठमाडौं–पोखरा सुपरडिलक्स १० वर्षदेखि सञ्चालनमा रहेको सो बसमा शौचालयसहित खाजा, वाइफाई लगायतको व्यवस्था गरिएको र ती सेवा वीरगंज–पोखराको बसमा पनि शुरू गरिएको बताए। उनले बसको सिट क्षमता ३१ रहेको जानकारी गराएका छन्।