प्रस, रौतहट, २ माघ/

रौतहटको बौधीमाई नगरपालिकाका प्रमुख प्रदीपकुमार यादवविरुद्ध स्थानीयले प्रदर्शन गरेका छन्। बुधवार बङ्कुल बजारमा स्थानीयवासीले ‘भ्रष्टाचारी मेयर मुर्दाबाद’, ‘भ्रष्टाचारीलाई कारबाई गर’, ‘दोषीलाई कारबाई गर’ लगायतका नारा लगाएर प्रदर्शन गरेका थिए। 

नगरप्रमुख यादवले मापदण्ड नबनाइ मनपरी ढङ्गले सडक विस्तारको नाममा स्थानीयवासीको घर भत्काएर दुःख दिएको प्रदर्शनकारीहरूले आरोप लगाएका थिए। नगरप्रमुख यादवले सरमुजवा गाउँमा उपद्रव मचाएको भन्दै कारबाईको माग गरेका छन्। 

पूर्ववडाध्यक्ष श्रीभगवान पटेलले मापदण्ड बनाएर सडक विस्तार गर्नुको साटो नगरप्रमुख यादवले आफ्नो विपक्षीको घर मनपरी ढङ्गले भत्काएर दुःख दिने नियत राखेको आरोप लगाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here